सिरहाबाट अपहरित डिजेल ट्यांकर धनुषामा खाली भेटियो !

प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका छ ।

२०७६ मङ्सिर ४ बुधबार
बिहान ११:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाबाट हराएको डिजेल ट्यांकर धनुषामा खाली अवस्थामा भेटिएको छ ।

 

धनुषा प्रहरीले जनाए अनुसार, क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा रमदैयामा रहेको राजदेवी मन्दिर छेउमा अलपत्र अवस्थामा डिजेल ट्यांकर फेला परेको हो । डिजेल ट्यांकर सिरहा प्रहरीलाई बुझाउने तयारी गरिएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।

 

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरले रित्तो अवस्थामा रहेको डिजेल ट्याङ्कर फेला परेको हो । उक्त ट्यांकर अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको बेला अपरण गरिएको थियो । सिरहाको लहानबाट सोमबार राति करिब १ बजेदेखि अपहरण भएको ना ४ ख ४१६३ नम्बरको ट्यांकरका चालक भने मंगलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका थिए ।

 

चालक रामदेव यादव र सहचालक उमेश यादवका अनुसार, उनीहरुलाई राति करिब १ बजेको समयमा एक समूहले अपहरण गरी ट्यांकर भारत तर्फ लगेको थियो । प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका छ ।

 

उक्त डिजेल ट्यांकरमा १९ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार लिटर डिजेल रहेको थियो ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको मठ मन्दिरहरुमा मन्दिर बाहेकका कार्यक्रम निषेध गर 

  • २०७६ मङ्सिर ४ बुधबार

सम्पादकीय । धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले जनकपुरधामको जानकी मन्दिर प्राँगनमा धार्मिक कार्यक्रम बाहेकका कार्यक्रमहरु निषेध गरे । गत बर्ष मात्रै तत्कालिन सिडिओ दाहालले जानकी मन्दिरमा सो

पूरा पढ्नुहोस्

Bureau Menus

} }