'बैंकको प्रयोग गर्न नजान्दा नेपालीहरु गरिब भयो'

उपयोग गर्न नजान्दा नेपाली युवाहरु खाडी मुलुक जानु परेको बाध्यता

२०७६ मङ्सिर २ सोमबार
बिहान ०९:४९ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, काठमान्डौं । नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरञ्जवि नेपालले बैंकको उपयोग गर्न नजानेर नेपालीहरु गरिब भएको जीकिर गरेका छन् । 


काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै उनले सबै स्थानीय तहमा बैंक पुग्न लागिसक्दा पनि त्यसको उपयोग गर्न नजान्दा नेपाली युवाहरु खाडी मुलुक जानु परेको बाध्यता औल्याए ।  सरकारले उद्यम गर्न चाहनेहरुका लागि अवसर नै अवसर दिएका गभर्नर डा. नेपालले बताए । 


अवसर र पैसाको उपयोग गर्न नजान्दा नेपालीहरु गरीब भएको तर्क गर्दै उनले देशमा भएको अवसर प्रयोग गर्नुको सट्टा नेपालीहरु विदेशी देश बनाउन दुःख गरिरहेको उनले बताए । नाकाबन्दीले कतार आत्मनिर्भर भएको र मरूभुमिको देश समेत दूध निर्यात गर्ने अवस्थामा पुगेको तर सजिलै उत्पादन हुने नेपालका युवा अरूको देश बनाउन जानु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आज राती १२ बजेदेखि तिन दिनको लागि नेपाल भारत बोर्डर सील

  • २०७६ मङ्सिर २ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आगामी  १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले आज (बुधबार) राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलाम जिल्लाको सबै सीमा

पूरा पढ्नुहोस्

Bureau Menus