• २०७६ मङ्सिर २९ गते, आइतबार

Loading...



होटेलमा प्रहरीको छापामारी, आपत्तिजनक अवस्थामा ७ पक्राउ 

होटेल सञ्चालक सहीत यौन व्यावसायमा संलग्न युवा युवतिहरु सहीत सात जनालाई नियन्त्रणमा लिएपछी घटना रहस्यमयी भएको

साँकेतिक तस्विर मात्र :Google.com
Loading...

न्यूज ब्यूरो, रौतहट । रौतहटको मुख्य ब्यापारीक केन्द्र गरुडा स्थित एउटा होटेलमा प्रहरीले छापामारी गर्दा दुईजना महिला (युवति) सहीत सातजना पक्राउ परेका छन ।


 बिषेश सुचनाको आधारमा प्रहरीले गरुडा स्थित होटेल खुसीमा छापामारी गर्दा आपत्तिजनक अवस्थामा पाँच जना युवकलाई पक्राउ गरेको हो । शनिवार साँझ ५ बजे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रिपेन्द्र सिँहको कमाण्डमा गएको टोलीले होटेल खुसीमा छापामारी गर्दा अर्धनग्न (आपत्तिजनक) अवस्थामा दुई युवतिका साथै त्यसै अवस्थामा पाँचजना युवक पक्राउ परेको प्रहरीले जनाएको छ । 

 

पक्राउ पर्नेहरुमा बौधीमाई नपा ५ का एक युवति सहित दुई युवक,  गरुडा नपा जिंगडिया टोलका एक युवक र हाटेल सञ्चालक गरुडा ५ महमदपुरका एक जना रहेकोरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिएका छन ।


त्यसैगरी पक्राउ पर्ने यौन ब्यवशायमा संलग्न युवतिहरु सर्लाहीकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका जोडीहरु ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा घटना बारे थप अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लाको मध्यभाग गरुडा स्थित सञ्चालित अधिकांश होटेलमा यौन कारोवार लामोसमय देखी हुँदैआएको तर, शनिवार प्रहरीले होटल खुसीबाट रंगेहाथ होटेल सञ्चालक सहीत यौन व्यावसायमा संलग्न युवा युवतिहरु सहीत सात जनालाई नियन्त्रणमा लिएपछी घटना रहस्यमयी भएको जनाइएको छ । 



Loading...
त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित तराई-मधेशको No. 1 डिजिटल पत्रिका - "न्यूज ब्यूरो" | "सधैं ताजा, सबभन्दा तेज ।"
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...