• २०७६ मङ्सिर २९ गते, आइतबार

Loading...



जनकपुर : मोसा र बस जुध्दा एकको घटनास्थलमै मृत्यू, एक काठमान्डौं रिफर !

मृतकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

साँकेतिक तस्विर मात्र
Loading...

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आज विहान सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । 

 

जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकाको निकाल टोल नजिक मोटरसाईकल र बस एक आपसमा जुध्दा मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार जनकपुरबाट विहान करिब ८ बजे विराटनगरको लागि छुटेको ना ७ ख ३७९३ नम्बरको बस र विपरित दिशातर्फबाट आउँदै गरेको ज ९ प ५४६१ नम्बरको मोटरसाईक जुधेपछि दुर्घटना भएको हो । 

 

सो दुर्घटनामा परी मोटरसाईकल चालक जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ बस्ने अन्दाजी बर्ष ४१ का गोविन्द साहको मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरीक्षक अमिर दाहालले जानकारी दिए । दाहालका अनुसार, बस र मोटरसाईकल एक आपसमा जुधेपछि मोटरसाईकलमा सवार (मृतक) साहको शरिरको विभिन्न भाग तितरबित्तर भएको हो । 

 

सोही घटनामा मोटरसाईकल पछाडी बसेका उनका छोरा विवेक साहको अवस्था गम्भिर रहेको जनाइएको छ । उनलाई जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लािग काठमान्डौं रिफर गरिएको प्रहरीले जनाएको छ ।  यता, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।  



Loading...
त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित तराई-मधेशको No. 1 डिजिटल पत्रिका - "न्यूज ब्यूरो" | "सधैं ताजा, सबभन्दा तेज ।"
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...