पिपरा उपनिर्वाचन : समाजवादी पार्टीको प्रचारप्रसार समिति घरदैलोमा

समितिले व्यापक रुपमा आफ्नो पार्टीका उम्मेदवारको पक्षमा प्रचारात्मक अभियान थालेका छन् ।

२०७६ कार्तिक २९ शुक्रबार
बिहान ०५:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, महोत्तरी । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि महोत्तरीको पिपरा गाउँपालिकामा चुनावी प्रचारप्रसारको लागि समाजवादी पार्टीको कार्यकर्ता परिचालन भएको छ ।

 

पार्टीको भाृतसंगठन समाजवादी युवा संघ महोतरी र धनुषाले सो गाउँपालिमा एक सय ५१ सदस्यीय प्रचारप्रसार मूल समिति गठन गरेको हो । युवा संघका केन्द्रीय अध्यक्ष, सदस्य, प्रदेश सदस्य र जिल्ला अध्यक्षसहित पदाधिकारी सम्मिलित संयुक्त बसेको बैठकले महोतरी केन्द्रीत उपनिर्वाचनका लागि केन्द्रीय सचिव अशोक मण्डल ईन्चार्ज रहने गरी केन्द्रीय सदस्य संतोष यादवको अध्यक्षतामा समिति बनाइएको हो ।

 

बैठकमा प्रमुख अतिथिका रुपमा समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश २ कृषि राज्यमन्त्री योगेन्द्र यादव सहभागी थिए । उनले आफ्ना कार्यकर्तालाई प्रभावकारी तरिकाले चुनावी अभियान चलाउन निर्देश दिए ।

 

गठित समितिले व्यापक रुपमा आफ्नो पार्टीका उम्मेदवारको पक्षमा प्रचारात्मक अभियान थालेका छन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७६ कार्तिक २९ शुक्रबार

Bureau Menus

} }