आज कार्तिक पूर्णिमा : कमला नदीमा 'भूत मेला'

पौराणिक परम्परालाई नयाँ पुस्ताले भूतमेलालाई विशुद्ध अन्धविश्वासको रुपमा लिन थालेको छ ।

२०७६ कार्तिक २६ मंगलबार
बिहान ०८:२५ बजे
धर्मेन्द्र कुमार यादव
फाईल तस्विर

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन तराई मधेशको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक नदी मानिएको कमला नदीमा भूत मेला सुरु भएको छ । 


धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, बारा, पर्सा, सुनसरी जिल्ला  लागायत अन्य जिल्लभरीमा पौराणिक मान्यता अनुसार प्रत्येक वर्ष कार्तिक पूर्णिमामा हजारौँको सँख्यामा धामीझाँक्रीहरु सिद्धिको लागि भूत मेलामा सहभागी हुन गरेको छ । महोत्तरी,धनुषा,सिरहा र सर्लाही लगायत अन्य जिल्लाहरुबाट कार्तिक पूर्णिमाको दिन कमला स्नान गरे ती विद्यामा सिद्धि प्राप्त हुने जनविश्वास अनुसार प्रत्येक वर्ष ठाउँ ठाउमा धामीझाँक्रीहरु निस्कने परम्परा चलिआएको छ । यस बर्ष देखि महोत्तरी र सर्लाहीको सिमानामा रहेको हर्दी खोलामा भुत मेला सुरु भएको छ।  मंगलबार एका बिहानै देखि महोत्तरी र सर्लाहीको सिमाना रहेको हर्दी  नदीमा स्नानको लागि सोमबार नै पुगेका थिए । 


हर्दी खोलामा पहेलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी झाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै रहन्छ । उनीहरु आफूमा आएको देउतालाई सिद्ध गर्न गंगास्नान गर्न आएका थिए । धामीझाँक्री मादल, करताल, झाइल र ढोलपिपहीको मधुरता तालबीच यिनीहरुको कर्कश स्वरले भय उत्पन्न हुने खालको हेर्न सकिन्छ । स्नानको समयमा मुल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भनिन्छ । उनीहरुले हर्दी खोलामा स्नानको बेला र स्नाम पश्चात पनि फर्कने बेलामा देखाउने गरिएको हाउभावका कारणले भय उत्पन्न गराइरहेको हुन्छ ।

 

 कार्तिक पूणिर्माका दिन महोत्तरी, धनुषा, सिरहा र भारतको जयनगरमा अवस्थित कमला नदीमा र त्यसको भोलिपल्ट जनकपुरमा धामीहरु घुईंचो लाग्छ । धामीहरु बेतको लठ्ठी र बल्दै गरेको आहुत लिएर त्यहाँ जाने गर्छन् । त्यो लट्ठी उनीहरुले तन्त्र सिद्धी गरेर पुजापाठ गर्ने बेलामा प्रयोग गर्ने गरेका छन् । धनुषा, महोत्तरी, सिरहा सप्तरीसहित भारतको विभिन्न स्थानबाट स्नान गर्नका लागि शुक्रबार (आज) एका विहानै जनकपुरको गंगासागरमा आउने क्रम जारी रहेको छ । त्यहाँ आएका धामीझाँक्रीहरु मन्त्र सिद्धिसँगै मठ मन्दिर घुमेर फर्किने चलन छ । धामी झाँक्रीहरूले भूत र कुल देवता भक्तै गंगासागरमा डुबुल्की मार्ने सदियौँ देखिको परम्परा हो ।

 

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले हर्दी खोला, कमला नदि र गंगासागरको शुद्ध पानी आ आफ्नो घर लैजाने गर्छन् । प्रायजसो यो भूत मेलामा दलित समुदायको सहभागिता रहने गरेको छ । उनीहरु आफनो घरमा पुजापाठ गरी हर्दी खोलामा विसर्जन गर्न जाने गर्छन् । मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुने जनविश्वास रहिआएको छ । तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलामा सदियौदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास छ । स्नानको समयमा मुल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भनिन्छ ।

परापूर्वकालदेखि यो परम्परा चलिआएपनि यसलाई अन्धविश्वासको रुपमा लिन थालिएको छ । पौराणिक परम्परालाई नयाँ पुस्ताले भूतमेलालाई विशुद्ध अन्धविश्वासको रुपमा लिन थालेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

  • २०७६ कार्तिक २६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक

पूरा पढ्नुहोस्

Bureau Menus