मधेशीहरुले विश्वभर मनाए छठ !

विदेशी भूमिमा पनि आफ्नो पहिचान र संस्कृतिलाई प्रचारप्रसार एवं जीवित राख्ने उद्देश्यसहित छठ पर्व मनाइएको हो ।

२०७६ कार्तिक १७ आइतबार
दिउसो १२:३९ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वको विभिन्न विदेशी मूलुकमा रहेका मधेशीहरुले विदेशमा पनि छठ पर्व मनाएका छन् ।

 

निष्ठा, आस्था र सद्भावको महापर्व छठ मधेशी समुदायले विभिन्न देशमा उत्साह पूर्वक धुमधामका साथ मनाएका हुन् । विदेशी भूमिमा पनि आफ्नो पहिचान र संस्कृतिलाई प्रचारप्रसार एवं जीवित राख्ने उद्देश्यसहित मधेशी आप्रवासीहरुद्धारा विदेशमा समेत छठ पर्व मनाइएको हो । 

 

मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) का अनुसार, रोजगारीको शिलशिलामा साउदी, कत्तार, कुवेत, भारत, सायप्रस, चीन, मेलेसिया, स्वीडेन, ओमान, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका, सिंगापुर लगायतका देशमा मधेशीहरुको छठ पर्व मनाएका छन् । उनीहरुले विदेशमा रहेको समुद्र तटसहित विभिन्न जलाशयमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ मनाएका हुन् ।

 

विभिन्न देशमा मनाइएको छठ कार्यक्रममा मधेशी समुदायको दर्शनीय सहभागिता रहेको एनआरएमएका अन्तराष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले जानकारी दिए । मधेशको संस्कृतिलाई विश्वभरी जर्गेना गर्न तथा मधेशीहरुबीचको एकतालाई अझ सुदृढ पार्न एनआरएमएको विशेष सक्रियतामा छठ पर्व आयोजना गरिएको उनले बताए ।

 

विदेशी भूमिमासमेत छठ पर्वलाई निरन्तरता दिनुले मधेशी संस्कृति र पहिचानको प्रचारप्रसार एवं विस्तार हुने विश्वास लिएको एनआरएमएका कत्तार शाखाका वरिष्ठ उपाध्यक्ष शिवकुमार पालको भनाई छ । चारदिनसम्म विभिन्न विधिविधान पूर्वक मनाइएको महापर्व छठ अन्तिम दिन आज उदाउँदो सूर्यको पूजाआजा तथा अर्घ दिएपछि समापन भएको छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७६ कार्तिक १७ आइतबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus