राज्यमन्त्री मण्डलद्धारा २ क्लबलाई खेल सामाग्री सहयोग

राज्यमन्त्री मण्डलले आगामी दिनमा प्रदेश २ अन्य क्रिकेट क्लबहरुलाई समेत खेल सामग्रीहरु प्रदान गर्ने योजनामा रहेको जानकारी दिए ।

२०७६ कार्तिक १३ बुधबार
बेलुकी ७:१५ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातारण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका दुई वटा क्रिकेट क्लबलाई खेल सामग्री सहयोग गरेका छन् ।

 

युवाहरुलाई खेलकुदले शारिरिक रुपले तंदुरुस्त तथा मानसिक रुपले स्वस्थ्य बनाउने उद्देश्यका साथ राज्यमन्त्री मण्डलले सिरहाको कल्याणपुर नगरपालिकामा रहेका माँ दुर्गा क्रिकेट क्लब कल्याणपुर र समाज कल्याण युथ क्रिकेट क्लब बेल्हालाई खेल सामग्री प्रदान गरेका हुन् । राज्यमन्त्री मण्डलले दुबै क्रिकेट क्लबलाई १२–१२ वटा युनिफर्म, २–२ वटा ब्याट, ६–६ वटा विकेट, १–१ दर्जन टेनिस बल, २–२ जोडा प्याड, २–२ वटा एडी र २–२ वटा ग्लब्स दिएका छन् ।

 

माँ दुर्गा क्रिकेट क्लबका अध्यक्ष धर्मेन्द्र साह र समाज कल्याण युथ क्रिकेट क्लबका अध्यक्ष मो. समीम अन्सारीलाई राजपाका युवा नेता धिरज मण्डल, श्रवण साह र बेचन मण्डलले ती खेल सामग्रीहरु हस्तान्तरण गरेका थिए । खेलकुदले समाजमा भाईचारा विकसित गराई समृद्ध तथा उन्नत समाजको निर्माण गर्न समेत मद्दत पुग्ने विश्वास राज्यमन्त्री मण्डलले लिएका छन् । साथै, राज्यमन्त्री मण्डलले आगामी दिनमा प्रदेश २ अन्य क्रिकेट क्लबहरुलाई समेत खेल सामग्रीहरु प्रदान गर्ने योजनामा रहेको जानकारी दिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाकी साँसद मन्जु शर्मा अन्सारीको मृत्यू

  • २०७६ कार्तिक १३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रतिनिधि सभा सदस्य  मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको हो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट

पूरा पढ्नुहोस्

Bureau Menus

} }