शहिदनगरको स्वास्थ्य शिविरबाट सयौं लाभान्वित 

हस्पिटलका चिकित्सकहरुको टोलीले नै नगरवासीहरुलाई चेकजाँच गरेका हुन् । 

२०७६ कार्तिक १३ बुधबार
दिउसो ४:०९ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा सम्पन्न भएको स्वास्थ्य शिविरबाट सयौं नगरवासी लाभान्वित भएका छन् । 

 

शहिदनगर नगरपालिकाको आर्थिक सहयोग तथा महिला शहिद समुदायिक अध्ययन केन्द्रको आयोजनामा बुधबार सम्पन्न भएको स्वास्थ्य शिविरको नगरवासीहरुले फाईदा उठाएका छन् । शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरिया यादवले शिविर उदघाटन गर्दै नगरवासीको स्वास्थयसँग कुनै प्रकारको सम्झौता नगर्ने बताए । उनले नगरवासीको लागि समय समयमा विभिन्न प्रकारको स्वास्थ्य शिविर सँचालन गर्दै आएको तथा आगामी दिनमा गरिने प्रतिवद्धता व्यक्त गरे । 

काठमान्डौंको गौतम बुद्ध कार्डियक होस्पिटलका चिकित्सकहरुको टोलीको सहयोगमा मेयर बरबरियाले मुटुरोग तथा मधुमेह रोगको स्वास्थ्य शिबिर सम्पन्न गरेको हो । सो शिविरमा नगरपालिकाको विभिन्न वडाका १ सय १४ जनाले सेवा लिइ लाभान्वित भएको जनाइएको छ । ईसीजी र ईको चेकजाँचमा ३८÷३८ जना सेवा लिएको जनाइएको छ । हस्पिटलका चिकित्सकहरुको टोलीले नै नगरवासीहरुलाई चेकजाँच गरेका हुन् । 

 

सो शिविरमा चेकजाँचको लागि आएका सर्वसाधारण विरामीलाई अस्पतालमा विशेष सुविधाको साथै विरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको जनाइएको छ । अत्याधुनिक ईको मेसिनद्धारा ३ हजार पर्ने चेकजाँचलाई न्यून्तम अर्थात १ हजार रुपैयाँ मात्र लिएर चेकजाँच गरिएको छ भने ईसिजी सेवाको लागि समेत ५ सय रुपैयाँ पर्नेमा प्रति विरामी २ सय रुपैयाँ लिएर चेकजाँच गरिएको हो । अन्य खर्च भने शहिदनगर नगरपालिकाको कार्यालयले व्यवस्थापन गरेको जनाइएको छ । 

 

शिविरको उदघाटनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, कम्पयुटर अपरेटर विष्णुदेव यादव, पोषण शाखाका रुपेश विराजी, ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक दिपक बाबु केशी, स्थानीय समाजसेवी, अगुवा नागरिक समाजको उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषामा युवकलाई चक्कुले घाँटी रेटेर हत्या, दुई युवक पक्राउ

  • २०७६ कार्तिक १३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकको घाँटी चक्कुले रेटेर हत्या गरेको छ । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ बल्हास्थित युवकलाई चक्कुले घाँटी रेटेर हत्या भएको हो ।  बुधबार

पूरा पढ्नुहोस्

Bureau Menus

} }