धनुषाको कमला नगरपालिकामा यसपाली २ वटा बर्थिङग सेन्टर निर्माण हुने 

खानेपानी शुद्धिकरणको लागि आईरन तथा आर्सेनिक परीक्षण गरिने

२०७६ कार्तिक ८ शुक्रबार
दिउसो १:४१ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा यस आर्थिक वर्षमा कम्तीमा पनि दुई वटा बर्थिङग सेन्टर निर्माण गरिने योजना अघि सारिएको छ । 


आर्थिक वर्ष २०७६/७७ को लागि स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने हेतु यसै आर्थिक वर्षमा दुई वटा बर्थिङग सेन्टर निर्माण गरिने नगरपालिकाका स्वास्थ्य सँयोजक वीरेन्द्र कुमार सढानले जानकारी दिए । उनका अनुसार, स्थानीय तहमा वित्तिय हस्तान्तरण भई आएका स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुलाई नगर कार्यपालिकाको बार्षिक कार्यक्रममा समावेश गरी यी योजनालाई सँचालनमा ल्याइने छ । 

 

नगरपालिका भित्रका स्वास्थय केन्द्रहरुको भौतिक पूर्वाधार सुधार गरी स्वास्थ्य सुविधालाई सहज र पहुँचयोग्य बनाउन वडा स्तरीय शहरी स्वास्थ्य केन्द्रहरु क्रमिक रुपमा विस्तार गर्ने नीतिलाई अवलम्बन गरी यसै आर्थिक वर्षमा कम्तीमा भएपनि २ वटा बर्थिङग सेन्टरको निर्माण पक्कापक्की भएको दाबी सँयोजक सढानले गरे । नगरसभाबाट पारित नीति तथा कार्यक्रम प्रस्तुतकै क्रममा सँयोजक सढानले मातृ तथा शिशु मृत्यूदरलाई न्यूनिकरणका लागि पोषणका साथै स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुलाई विशेष जोड दिने बताए । यसका साथै गुणस्तर सेवा प्रदान गर्न प्रत्येक स्वास्थ्य सँस्थामा औषधी, औजार र उपकरणको व्यवस्थाको लागि उचीत बजेट विनियोजन हुने बताए । 


यस सन्दर्भमा कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश यादवले नगरपालिका क्षेत्र भित्र कार्यरत महिला स्वास्थ्य स्वयं सेविकाहरुको क्षमता विकासका लागि आवश्यक तालिम सँचालन गरिने जानकारी दिए । महिला स्वास्थय स्वयंम सेविकाहरुको कामको कदर गर्दै प्रतिजना एक हजार (१०००) रुपैयाँको दरले मासिक प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिने जानकारी दिए । 


नगरका जनतालाई स्वास्थ्य सेवा सहज र सरल रुपमा पहुँच बनाउनको लागि नगरपालिका अन्तर्गत रहेको प्रत्येक स्वास्थ्य सँस्थामा अनलाईन रिपोर्टिंग गर्न आवश्यक सँख्यामा कम्प्युटरको व्यवस्था गरिने जनाउँदै उनले आमा समूहको बैठकलाई समेत सुदृण्किरण गर्न खाजा खर्चको व्यवस्था गरिने जानकारी दिए । उनले ९ वटै वडाको समुदायको अगुवाईमा उत्पे्ररणा, ज्ञान, सीप र पूर्ण सरसफाईका साथै खानेपानी शुद्धिकरणको लागि आईरन तथा आर्सेनिक परीक्षण गरिने जानकारी दिए । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७६ कार्तिक ८ शुक्रबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus