युवा प्रशिक्षित नभएसम्म समाज र देश विकास हुँदैन : मन्त्री यादव

सिरहा युवा सञ्जालले समाजको हित र समाजिक रुपान्तरणको लागि गर्दै आएका कार्य र प्रयासलाई मन्त्री यादवले प्रशंसासमेत गरे ।

२०७६ कार्तिक ६ बुधबार
रति ८:१२ बजे
बिनय यादव

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री बिजय कुमार यादवले युवा प्रशिक्षित नभएसम्म समाज विकास नहुने बताएका छन् ।

 

सिरहा युवा सञ्जाल (एसवाईएन) को आयोजनामा भएको दुईदिने उद्घोषण तथा व्यक्तित्व विकास तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । समाजिक रुपान्तरणका लागि युवा अगाडि आउनुपर्ने उनले बताए ।

 

मन्त्री यादवले देशको समाजिक समस्यादेखि लिएर आर्थिक लगायतका सम्पूर्ण समस्यालाई परिवर्तन गर्ने दायित्व युवाको काँधमा नआएसम्म देशको समृद्धि असम्भव रहेको जिकिर गरे । उनले देश विकास र समाज परिवर्तनको निम्ति युवामा चाँसो नजागे देशको अवस्था झन खस्किदै जाने भन्दै युवालाई यसप्रति सचेत हुन आग्रह गरे ।

 

राजनीतिक दलको कार्यक्रम अथवा नेताको कार्यक्रममा लाम लाग्ने र यस्ता कार्यक्रमप्रति अझ युवाहरु चाँसो नराख्ने गरेकोप्रति उनले दुःखसमेत प्रकट गरे । गलत राजनीतिक सोच र संस्कारको विकासले यस्तो अवस्था आएको भन्दै उनले यसलाई परास्त गर्न पनि युवाकै खाँचो भएको औल्याए ।

 

सिरहा जिल्लाका युवाहरुको साझा संगठन सिरहा युवा सञ्जालले समाजको हित र समाजिक रुपान्तरणको लागि गर्दै आएका कार्य र प्रयासलाई मन्त्री यादवले प्रशंसासमेत गरे । उनले सञ्जाललाई सिरहामा मात्रै सिमित नराखि प्रदेशभरमै विस्तार गर्न आग्रह गरे । सञ्जाललाई चाहिने हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार पछि नहट्ने उनले प्रतिवद्धतासमेत जनाए ।

 

मंगलबारदेखि सुरु भएको दुईदिने प्रशिक्षण तालिम आज (बुधबार) समापन भएको छ । प्रशिक्षण कार्यक्रममा सिरहाका विभिन्न स्थानबाट सयौंको संख्यामा युवा तथा विद्यार्थीहरु सरिक भएका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७६ कार्तिक ६ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus