• २०७६ मङ्सिर ५ गते, बिहीबार



जनकपुरमा गोली हानी एक ठेकेदारको हत्या !

यसका साथै उनीसँग दुईवटा खोका र ३ वटा कट्टाको ३ राउण्ड गोली समेत बरामद भएको जनाइएको छ ।

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा एक ठेकेदारलाई गोली हानी हत्या गरिएको छ । 

 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ प्रगति नगर (कभर्ड हल) नजिकै रहेको विद्युत कार्यालय नजिकै एक ठेकेदारले अर्को ठेकेदारलाई गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठेकेदारहरुबीच आपसी लेनदेनको विवादका कारण गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

 

आज (बुधबार) विहान करिब १० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुवारामपुर तथा घटनास्थल नजिकै जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मा पनि घर भई ठेकेदारीको काम गर्दै आएका अन्दाजी बर्ष ३५ का पँकज चौधरीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ बस्ने अन्दाजी बर्ष ४१ का मनोज साहलाई गोली हानी हत्या गरेको प्रवक्ता कार्कीले जनाए । प्रवक्ता कार्कीले भने, - "दुवै जना ठेकेदार नै रहेको प्रारम्भिक जानकारी छ,  अब वास्तविक के छ हामी अनुसन्धान थालिसकेका छौं ।"

 

प्रहरीका अनुसार आपसी लेनदेन र आपसी विवादका कारण मनोजलाई पँकले कोँखामा गोली हान्दा गम्भिर घाईते भएका थिए । तत्कालै उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि ल्याउँदा अस्पताल चिकित्सकले उनलाई मृत घोषित गरेको बताइएको छ । पक्राउ परेका चौधरीको साथबाट एउटा पेस्तोल र एउटा कट्टा तथा १९ राउण्ड गोली समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

 

यसका साथै उनीसँग दुईवटा खोका र ३ वटा कट्टाको ३ राउण्ड गोली समेत बरामद भएको जनाइएको छ । जानकारी अनुसार मृतक मनोज साह धनुषाको सपहीमा पेट्रोल पम्प सँचालन गर्दै आएको बुझिएको छ । उनको पेट्रोल पम्प सँचालनमा रहेकोले ईन्धन वापतको रकम लेनदेनको क्रममा विवाद हुँदा हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । आरोपितलाई उधारोमा पेट्रोल, डिजल उपलब्ध गराउँदै आएको तथा मोटो रकम भई विवाद हुँदा घटना गरेको हुन सक्ने पनि अनुमान गरिएको छ ।  यस घटनाबारे थप अपडेट आउन बाँकी छ । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...