• २०७६ मङ्सिर ५ गते, बिहीबार



काठमान्डौंमा पनि जनकपुरको मोनाष्टिक स्कूलको 'जलवा'

विद्यार्थीहरुले तीन महत्त्वपूर्ण क्रियाकलापमा जोडदार प्रस्तुति दिई पुरस्कार जित्न सफल भएको जनाइएको छ ।

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न समयमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल भएका जनकपुरको मोनाष्टिक स्कूलले पुनः चर्चा कमाएको छ । 

 

ललितपुरमा सम्पन्न भएको विद्यार्थी गुणीय चक्रको १५ औँ राष्ट्रिय अधिवेशनमा जनकपुरधामका मोनाष्टिक स्कुलको दमदार प्रस्तुतिपछि कैयौं पुरस्कार थाप्न सफल भएको छ । विद्यार्थी गुणीय चक्रको लामो अनुभव बटुलेको प्रदेश नं. २ को बहुचर्चित मोनाष्टिक आवासीय विद्यालयले ललितपुरको DAV SKVB School मा क्वेस्ट नेपालद्वारा आयोजित १५ औ राष्ट्रिय अधिवेशनमा सहभागिता जनाउँदै दमदार प्रस्तुति दिएको हो।


कार्तिक २ गतेदेखि ४ गतेसम्म चलेको तीनदिने उक्त अधिवेशनमा मोनाष्टिक विद्यालयबाट सहभागी १२ विद्यार्थीमध्ये  कैयम राइनले कोलाज तर्फ द्वितीय स्थान, 
धीरेन्द्र साह स्कीट फोरमेशनमा विजेता तथा अमरेश झा स्पोकेन वर्ड्सतर्फ प्रथम स्थान ल्याउन सफल भएका हुन् । देश भरिका झन्डै १००० विद्यार्थीको सहभागिता रहेको उक्त अधिवेशनमा मोनाष्टिकका विद्यार्थीहरुले तीन महत्त्वपूर्ण क्रियाकलापमा जोडदार प्रस्तुति दिई पुरस्कार जित्न सफल भएको जनाइएको छ ।


यस कार्यक्रमपछि बोल्दै मोनाष्टिक स्कूलका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले यो उपलब्धी मोनाष्टिक स्कूलको लागि ठूलो उपलब्धीको संज्ञा दिएका छन् । "मोनाष्टिक विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको सफलताले विद्यालयको उचाइ अझ बढेको छ। आगामी दिनमा समेत विद्यालयले सफलताका खुड्किलाहरू पार गर्दै जानेछ ।" - उनले भने । 


 समाजसेवी एवम् माइती नेपालकी संस्थापिका तथा वर्तमान प्रदेश नं. ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाको प्रमुख आतिथ्यमा सुरु भएको सो अधिबेशनको दौरान मोनाष्टिको प्रस्तुतिप्रति कृतज्ञता व्यक्त गरेकी थिइन । सो कार्यक्रम सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालको प्रमुख आतिथ्यमा समापन सत्र पूरा भएको थियो । 


 
   

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...