• २०७६ मङ्सिर ५ गते, बिहीबार



वीरगञ्जबाट दुई जना फरार प्रतिवादी पक्राउ

न्यूज ब्यूरो, वीरगञ्ज । पर्सा प्रहरीले दुई जना फरार प्रतिवादीलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २ वस्ने ५४ वर्षीय नाजिर मिया अन्सारी र वडा नम्बर ३ वस्ने ४९ वर्षीय नुरहोदा अन्सारी रहेका छन् ।

 

नाजिर मियालाई पर्सा जिल्ला अदालतले २०६४ साल साउन ३० गते अंश मुद्दामा ५ सय जरिवाना सुनाएको थियो भने नुरहोदालाई २०७६ साल बैशाख ६ गते लेनदेन मुद्दामा ३ महिना कैद सजाय सुनाएको थियो ।

 

आफ्नै गाउँघरमा लुकिछिपि बस्दै गरेको अवस्थामा दुबै जनालाई सोमबार पक्राउ गरी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...