सिरहामा एकैदिन ५ फरार अभियुक्त पक्राउ

२०७६ कार्तिक ५ मंगलबार
रति ८:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाबाट विभिन्न पाँच मुद्दाका फरार अभियुक्तहरु एकैदिन पक्राउ परेका छन् ।

 

सिरहा प्रहरीले विशेष सूचनाको आधारमा लुकिछिपी बसेको अवस्थामा मंगलबार विहान घरबाटै उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिरहाको सिरहा नगरपालिका २ का ६२ वर्षीय धनिकलाल महरा, वडा ९ का ६२ वर्षकै रामचन्द्र गडेरी, वडा १९ का २० वर्षीय ज्ञानचन्द्र मुखिया, वडा ७ का वर्ष २६ का बालकृष्ण मुखिया र वडा ५ की ६० वर्षीया लखिपत देवी साह छन् ।

 

पक्राउ परेकाहरुमध्ये महरा र मुखिया कुटपिट मुद्दाको फरार प्रतिवादी, गडेरी चोरी मुद्धाको फरार प्रतिवादी, बाल कृष्ण मुखिया र लखिपत देवी साह लेनदेन मुद्दाको फरार प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

 

पक्राउ परेका सबैलाई आजै जिल्ला अदालत सिरहामा पेश गरिएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जनाए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यू

  • २०७६ कार्तिक ५ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यू भएको छ । मँगलबार बिहान उनलाई करेन्ट लागेर मृत्यू भएको हो ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठाकी ३६ वर्षीया

पूरा पढ्नुहोस्

Bureau Menus

} }