नगरपालिकालाई तरकारी खेती क्षेत्रका रुपमा घोषणा गर्छौ : कृषि अधिकृत चौधरी

२०७६ कार्तिक ५ मंगलबार
बेलुकी ७:५६ बजे
राम अवतार चौधरी

न्यूज ब्यूरो, कपिलवस्तु ।   शिवराज नगरपालिकालाई सहकारीको माध्यमबाट तरकारी खेती क्षेत्रका रुपमा घोषण गर्नका लागि पहल गरेको शिवराज नगरपालिकाका कृषि अधिकृत तारा चन्द चौधरीले बताएका छन् ।


कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा सोमबार आयोजित श्री शिवराज कृषि सहकारी संस्था लिमिटेडको चौथो साधरण सभामा अधिकृत चौधरीले यस्तो बताएका हुन् ।  कृषि सहकारी मार्फत नै काम गर्दा वास्तविक किसान राहत पाउने र आफूलाई हुने बताउँदै शेयर सदस्यहरुको पुंँजी बढी हुने बताए । किसानहरुको सहजताको लागि केही दिनमा कृषि कार्यक्रमहरुको बारेमा सुचना प्रकाशित हुने समेत अधिकृत चौधरीले जानकारी गराए ।

 

सहकारी संस्था गाउँ–गाउँंमा हुनुपर्नेमा जोड दिँदै वित्तिय संस्थाले केही स्थान ओगटेको बताउँदै वास्तविक किसान राहत पाउनबाट वञ्चित भएकोले यसको लागि प्रदेशमा आफूले पहल गरेको राष्ट्रिय जनमोर्चा प्रदेश नंम्वर ५ की सांसद तारा जि।सीले बताईन् । त्यसैगरी शिवराज नगरपालिका  वडा नम्बर–३ का वडा अध्यक्ष टेकलाल सापकोटाले यस सहकारीले प्राय गरिब कृषकलाई समेटेको भन्दै सहकारीको खुलेरै प्रशंसा गर्दै अझै विस्तार गर्न सकोस भनेर कामना समेत सापकोटाले गरेका थिए । 


वडा अध्यक्ष सापकोटाले विभिन्न सिप तथा आय मुलक तालिमका प्रपोजल वडामा पेश गर्न अनुरोध पनि गरे । संस्थाले विगत केही वर्ष देखि नै विउ विजन, मलखाद्य विक्री तथा आइ एमई संचालन गरेकाले वडा बासी नागरिकलाई सहज भएको बताए । यसैगरी गत २०७५/०७६ आ..मा ५१ लाख ४५ हजार ५२५ को कारोबार गरेको तथा ५५ जना शेयर सदस्य विस्तार गरि हाल १५६ जना शेयर सदस्य रहेको आयोजकले जनाएको छ । आगामी आर्थिक वर्षमा ५६ लाख ७५ हजार बराबरको कारबार गर्ने लक्ष्य भएको अध्यक्ष अदैले बताए । 

 

सभामा सहकारी अन्र्तगत तरकारी खेतीमा उत्कृष्ट कार्य गर्ने संस्थाका सेयर सदस्य श्याम मोहन केवट र वडा नं। ३ मा खेलकुद तर्फ उत्कृष्ट सविना बुढा मगर ,सागर बुढा मगर लाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष केयर सिंह अदैले बार्षिक प्रतिवेदन र वार्षिक आय व्याय कोषाध्यक्ष रजनी अदैद्धारा प्र्र्रस्तुत गरिएको सहकारीले जानकारी गराएको छ ।

 

उक्त सभामा संस्थाका अध्यक्ष केयर सिंह अदैको अध्यक्षता, शिवराज नगरपालिकाका कृषि अधिकृत तारा चन्द चौधरीको प्रमुख आतिथ्यिता, राष्ट्रिय जनमोर्चा प्रदेश नंम्वर ५ की सांसद तारा जि।सी।को विशिष्ट आतिथ्यता, शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटा, समयथान बहुमुखी क्याम्पस प्रमुख नामदेव खनाल, विगुल बचत तथा ऋण सहकारी संस्थाका व्यावस्थापक ज्ञान बहादुर जि.सी।. स्र्वगद्धारी आश्रम खरेन्द्रपुरका प्राचार्य गोकुल प्रसाद सुवेदी लगायतको आतिथ्यिता, उपाध्यक्ष बेलौता वि।क।को स्वागत मन्तव्य र सचिव नारायण खनालको संचालनमा सम्पन्न भएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७६ कार्तिक ५ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus