उपप्रधानमन्त्री उपेन्द्र यादव पनि पक्राउ पर्ने ?

विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी छ ।

२०७६ कार्तिक ५ मंगलबार
बिहान १०:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । हाई प्रोफाइल अपराधीहरु धमाधम पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन् ।

 

प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका छन् । गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन् । ६ पटक मन्त्री भइसकेका काँग्रेस सांसद अफताब आलम समेत प्रहरी नियन्त्रणमा छन् ।

 

यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो । विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी छ । रौतहटको १२ वर्षअघिको घटनामा कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेपछि रौतहटकै अन्य पुराना घटनाको अनुसन्धानको दबाब प्रहरीमाथि परेको छ । 

 

यसरी पुराना घटनाको अनुसन्धान भएमा सरकारका उपप्रधानमन्त्रीकै पद खुस्कने निश्चित छ । हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवविरुद्ध जाहेरी जिल्ला अदालत रौटहटमै १३ वर्षदेखि विचाराधीन अवस्थामा छन् ।

 

७ चैत २०६३ मा गौर नरसंहार भएको थियो । जसमा २७ जना माओावदी कार्यकर्ताको विभत्स हत्या भएको थियो । माओवादी कार्यकर्ताहरुलाइ लखेटी लखेटी विभत्स ढंगले हत्या भएको थियो । त्यो घटनामा तत्कालीन मधेशी जनाधिकार फोरमका नेता यादवविरुद्ध मृतकका परिवारले उजुरी दिएका थिए ।

 

तर, अहिलेसम्म त्यो घटनाको अनुसन्धान प्रहरीले गरेको छैन । आलमलाई पक्राउ गरेपछि यादवलाई पनि पक्राउ गरी कारबाही गर्न गौर हत्याकाण्डका पीडितहरु प्रहरीमा जान थालेको स्रोत बताउँछ । यो समाचार दृष्टि सप्ताहिकबाट साभार गरिएको छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७६ कार्तिक ५ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus

} }