मन्त्री रघुविर महासेठकै कारण प्रधानमन्त्री ओली बदनाम : नेकपा नेता झा

यस्तै, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले नेकपामा पुँजीवाद र अपराधिकरण बढेको बताए ।

२०७६ कार्तिक ५ मंगलबार
बिहान ०९:२२ बजे
बिनय कुमार यादव, धनुषा

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपाका नेता रामचन्द्र झाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ उपर गम्भीर आरोप लगाएका छन् । 

 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित साझा सहकारी संस्थाको प्रांगनमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री महासेठकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीको बदनामी भएको आरोप लगाएका हुन् । मन्त्री महासेठले ठूलठूला गफ मात्र दिएको र काम नगरेको उनको आरोप छ ।

 

उनले मन्त्री महासेठको सम्पति शुद्धिकरण भए उनी जेल जान कसैले नरोक्ने दावी गरे । नेता झाले उनीमाथि छानविन भए एकदुई हप्ताभित्रै जेल जाने पनि बताए । उनले जनतालाई नेता चिन्न आग्रह गरे । यस्ता व्यक्तिहरुको कारणले पार्टी बदनाम भएको भन्दै उनले समय आए मोर्चा कस्नसक्ने संकेत गरे ।

 

यस्तै, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले नेकपामा पुँजीवाद र अपराधिकरण बढेको बताएका छन् । उनले संगठन विधि र विधानलाई बेवास्ता गर्दै मन्त्री र पहुँचवाला नेताहरु सत्ता, शक्तिको दुरुपयोग गरी धन आर्जन तर्फ लागेको र ईमान्दार नेता कार्यकर्ताहरुलाई पाखा लगाएको आरोप लगाए ।

 

प्रदेश सांसद शत्रुधन महतोको अध्यक्षता एवं उद्योगमन्त्री यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झा सहभागी थिए । यस्तै, नेतृ बोधमाया यादव, रत्नेश्वर गोईत, यदुबंश झा, सुधीर प्रसाद साह, प्रदेश सांसद तथा प्रदेश कमिटी सदस्यहरु प्रेम माया श्रेष्ठ, तारा देवी महतो, पल्टु पण्डित, हरिनारायण यादव, संजय कुमार साह, बिजय कुमार यादव लगायतका सरिक थिए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आज राती १२ बजेदेखि तिन दिनको लागि नेपाल भारत बोर्डर सील

  • २०७६ कार्तिक ५ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आगामी  १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले आज (बुधबार) राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलाम जिल्लाको सबै सीमा

पूरा पढ्नुहोस्

Bureau Menus