सिरहामा उपल्लो जातिसँग प्रेम विवाह गरेकी दलित युवती बिचल्लीमा

प्रहरीले वरुण बालिग नभएको भन्दै आफ्नो तर्फबाट केही गर्न नसक्ने बताएपछि झरीलाल निराश छन् ।

२०७६ कार्तिक ४ सोमबार
बिहान ११:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा कथित उपल्लो जातिसँग प्रेम विवाह गरेकी एक युवती बिचल्लीमा परेकी छन् । 

 

सिरहाको कल्याणपुर नगरपालिका १० बङ्ठियाका आकाश भन्ने वरुण मण्डलसँग दुई महिना अघि प्रेम विवाह गरेकी सिरहाकै सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशवारीकी २२ वर्षीय सुनिता रामले दलित भएकै कारण पतिको घरमा बस्न पाएकी छैनन् । उनीहरु दुवै पे्रम विवाह गरेर काठमाडौँ भागेका थिए । 

 

वरुणका परिवारले बोलाएपछि तीनरचार दिनपछि दुवै घर फर्किएका थिए । घरमा आएको दोस्रो दिनमै वरुणका परिवार र आफन्तले बाहिरै डेरा खोजेर राख्ने भन्दै उनलाई फकाएर गोलबजार नगरपालिका १२ बेतौना पुर्याएका थिए । बेतौनामा फूपु–फूपाजुको घरमा दुई दिन राखेर उनीहरुले वरुणलाई अन्यत्र पठाए । त्यही दिनदेखि वरुण बेपत्ता छन् ।

 

‘बेतौनाबाट फर्केर म यही गोठमा बसिरहेकी थिएँ,’ सुनिताले भनिन्, ‘दुई दिन अघि देवर अरुण मण्डल र सासु रेखादेवी मण्डलले कुटपिट गरेर झोला फालिदिए र गोठबाट निकालिदिए ।’ गुजाराको कुनै माध्यम नभएको भन्दै उनले आफूसँग रहेको सीमित पैसाले गाउँकै चिया पसलमा दिनमा एक पटक खाएर भोक टार्ने गरेको बताइन् ।

 

वरुण त्यहाँबाट गएपछि आफूलाई कुटपिट गरी फूपु फुपाजुले घरबाट निकालेको सुनिताले सुनाइन् । बेतौनाबाट फर्केर घरमा पुगेकी सुनिताले बस्ने ठाउँसमेत पाएकी छैनन् । उनी दुई महिनादेखि वरुणकै घरमा रहेको भैँसी गोठमा बस्दै आएकी थिइन् । तर, दुई दिन अघि त्यहाँबाट पनि कुटपिट गरेर वरुणका परिवारले उनको कपडा र झोला फालिदिएपछि उनी खुल्ला आकाशमुनी सडक किनारमै बस्दै आएकी छन् । सुनिताको स्वास्थ्य अवस्था पनि कमजोर हुँदै गएको छ ।

 

यता, वरुणका बुवा रामसजन मण्डल रोजगारीका लागि मलेसियामा छन् भने आमा रेखादेवीले उल्टै सुनितामाथि आफ्नो छोरा बेपत्ता बनाएको आरोप लगाउँदै आएकी छन् । छोरीका लागि न्याय माग्न प्रहरीसमक्ष पुगेका सुनिताका बुवा झरीलाल राम पनि निराश भएर फर्किएका छन् । 

 

प्रहरीले वरुण बालिग नभएको भन्दै आफ्नो तर्फबाट केही गर्न नसक्ने बताएपछि झरीलाल निराश छन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित

  • २०७६ कार्तिक ४ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus