सिरहाका सरसफाई अभियन्ताद्धारा राप्ती नदी किनार सरसफाई

सिरहाका नागरिक सरसफाईप्रति सजग र सफा देश बनाउन जिम्मेवार रहेको संदेश दिन पनि त्यहाँ सरसफाई गरिएको हो ।

२०७६ कार्तिक ३ आइतबार
रति ८:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, चितवन । सिरहाका सरसरफाई अभियन्ताहरुले चितवन सौरहास्थित राप्ती नदी किनार सरसफाई गरेका छन् ।

 

नेपालको पर्यटकीय स्थल मध्येको एक चितवनलाई थप सफा बनाउने उद्देश्यले प्रदेश २ को सिरहाबाट चितवन गएका सरसफाई अभियन्ताहरुले आईतबार विहान सफाई गरेका हुन् । सरसफाई अभियन्ता सिरहाका धिरेन्द्र साह, श्रुति सिंह, प्रमित कुमार साहसहितको टोली सवल नेपालको एक सरसफाई सम्बन्धि कार्यक्रममा सहभागी हुन चितवन गएका छन् ।

 

बढ्दो शहरीकरणसँगै राप्ती नदी र त्यसको किनारमा फोहोर हुँदा जल प्रदुषण बढेको भन्दै सिरहाबाट गएका सरसफाई अभियन्ताहरुले कार्यक्रममा सहभागी अन्य ठाउँका व्यक्तिहरुलाई समेत सहभागी गराएर सरसफाई गरे । सरसफाई अभिन्यताहरुले सफाई गर्दै वन्यजन्तुहरु नदी किनारमा चरण गर्ने र रमाउने डुल्ने हुँदा नदी किनारमा जथाभावि फालिने सिसा, किलाकाँटीहरुले वन्यजन्तुको खुट्टामा गडेर घाइते हुने तथा प्लाष्टिकजन्य पदार्थहरु जनावरले खाइदिने कारणले बिरामी पर्ने भएकाले सचेत हुन स्थानीयहरुलाई आग्रह गरे ।

 

उनीहरुले पर्यटकीय क्षेत्रलाई सुन्दर बनाउन र वातावरणीय सन्तुलन कायम गर्न अर्थात् फोहर व्यवस्थापनमा नागरिक स्वयं सचेत हुनुपर्ने बताए । सिरहाका नागरिक सरसफाईप्रति सजग र सफा देश बनाउन जिम्मेवार रहेको संदेश दिन पनि त्यहाँ सरसफाई गरिएको सहभागी मध्येकी सिरहाकी श्रुति सिंहले न्यूज ब्यूरोलाई जानकारी दिइन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७६ कार्तिक ३ आइतबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus