वीरगञ्जबाट लागूऔषधसहित ३ जना फन्दामा

२०७६ कार्तिक ३ आइतबार
बेलुकी ७:३१ बजे
न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । 

 

पक्राउ पर्नेमा बाँके कोहलपुर–३ बस्ने ३४ वर्षीय किरण क्षेत्री, हेटौंडा–२ बस्ने ३० बर्षीय दिपेन्द्र थापा र हेटौंडा–४ बस्ने ३० बर्षीय फिरोज अंसारी रहेका छन् । प्रहरी चौकी इनर्वा पर्साको टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट क्षेत्रीलाई लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । 

 

भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउँदै गरेका उनको साथबाट लागूऔषध इन्जेक्सन  फेनारगन, नोर्फिन र डाइजोपाम ११र११ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । भारतको रक्सौलबाट वीरगञ्जतर्फ ना. १९ प. १२६७ नम्वरको मोटरसाइकलमा आउँदै गरेका दिपेन्द्र र फिरोजको साथबाट सशस्त्र प्रहरीले लागूऔषध बरामद गरेको थियो । 

 

उनीहरु लागूऔषध ओनरेक्स २८ बोतल बोकेर आउँदै गर्दा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ । शनिबार पक्राउ परेका तीनैजनालाई लागूऔषधसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०७६ कार्तिक ३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus