सिरहा प्रहरीले हाने २ गोदामा छापा, १३ लाख बढीको समान बरामद 

प्रहरीले दिनहुँ तस्करीका सामान समात्न थालेपछि भन्सार असुली बढेको बताइएको छ।

२०७६ कार्तिक २ शनिबार
रति ८:३३ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका ४ का दुई गोदाममा प्रहरीले छापा हानेको छ । त्यहाँबाट १३ लाख ३६ हजार ५५८ रुपैयाँको मालसामान बरामद भएको छ।


इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालका अनुसार विषेश सूचनाको आधारमा प्रहरीले दुई गोदाममा छापा मारेको थियो। भारतीय बजारबाट भन्सार छलेर भण्डारण गरिएको सामान प्रहरीले बरामद गरेको उनले बताए।  कपडा, जुता, किराना सामान र भाडा वर्तन फेला परेका छन्। बरामद गरिएको सामान ठाडी भन्सार कार्यालयमा बुझाइएको डिएसपी रिजालले बताए। चोरी, तस्करी नियन्त्रणमा सिरहा प्रहरीले शून्य सहनशीलता नीति अपनाएको उनको भनाइ छ।


सीमावर्ती क्षेत्र पुगेर प्रहरीले तस्करको गोदाममै छापामारी गरेको पहिलो घटना हो। तस्करले भारतीय बजारबाट सामान ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने र पछि नेपाली बजारमा भन्सार छली गरी पुर्‍याउने गरेका थिए।  यहाँका बजारमा भारतीय कपडा छ्यापछ्याप्ती पाए पनि कपडामा भन्सार शून्य बराबर कट्ने गरेको भन्सार कार्यालय ठाडीले जनाएको छ। प्रहरीले दिनहुँ तस्करीका सामान समात्न थालेपछि भन्सार असुली बढेको बताइएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७६ कार्तिक २ शनिबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus

} }