रौनियार युवा मञ्चका पदाधिकारीलाई सपथ खुवाइयो 

नव निर्वाचित कार्यसमिति र सल्लाहकारहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

२०७६ कार्तिक २ शनिबार
रति ८:२९ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।   रौनियार युवा मञ्चको चयन भएको नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।  

 

शनिवार रौनियार सेवा समितिमा आयोजित एक विशेष समारोहका बिच जनकपुरधाम रौनियार सेवा समितिका महासचिव तथा निर्वाचन समिति संयोजक प्रमोद कुमार गुप्ताले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।  गत असोज २५ गते सर्वसम्मत निर्वतमान महासचिव शुनिल कुमार साहको अध्यक्षतामा १५ सदस्सीय पाँचौ नयाँ कार्यसमिति चयन गरेको छ ।


 मञ्चको उपाध्यक्षमा विनय प्रसाद साह, महासचिवमा रितेश कुमार गुप्ता, सचिवमा पंकज कुमार आजाद र कोषाध्यक्षमा संजय कुमार गुप्ता चयन भएका छन् । साथै ७ सदस्सीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकारमा संतोष कुमार गुप्ता, विजय कुमार गुप्ता, शशि कुमार गुप्ता, जय प्रकाश गुप्ता, डा.राहुल गुप्ता, राकेश कुमार गुप्ता र रंजित कुमार गुप्ता चयन भएका थिए । नव निर्वाचित कार्यसमिति र सल्लाहकारहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

 

 मञ्चको माओ संस्था रौनियार सेवा समिति जनकपुरधामका कार्यसमितिका अग्रज पदाधिकारीहरुले गरेको निर्णयमा युवाहरुले समर्थन जनाएका थिए । समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार साह, युवा कमिटिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७६ कार्तिक २ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus