समाजको विकृति हटाउन प्रहरीको साँझेदारी 

सार्वजनिक हितको बिषमा नेपाल प्रहरीले तयार पारेको भिडियो वृतचित्र देखाइएको थियो । 

२०७६ कार्तिक १ शुक्रबार
रति ८:३७ बजे
महेन्द्रनगर डेस्क, धनुषा

न्यूज ब्यूरो, धनुषा ।   वर्तमान समाजमा भईरहेको विभिन्न अपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्नको लागि नेपाल प्रहरीको समुदायिक साँझेदारी प्रहरी कार्यक्रमलाई निरन्तरता दिइएको छ । 


धनुषाको मिथिला नगरपालिकाको राधा कृष्ण मन्दिर ढलकेबरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरिएको छ । ईलाका प्रहरी कार्यलय ढलकेवरको प्रहरी निरक्षक रामकुमार यादवको अध्यक्षता  एव जनकपुर अञ्चल इन्चार्ज एस.एस.पि किशोर दाहालको प्रमुख अतिथिमा भएको सो कार्यक्रममा समाजको विकृति न्यूनिकरण बारे झल्काइएको थियो । 

 

सो कार्यक्रममा एसएसपी दाहालले आफै प्रशिक्षण दिनुहुँदै वास्तवमा मान्छेले कस्ता व्यवहारमा बस्नुपर्छ ? कसरी समाजमा भएका बिकृटि हरुहटाउने त ? समुदायिक प्रहरी साँझेदारी कार्यक्रमलाई कसरी सफल तुल्याउने त ? यसबारे सबैले गम्भिर हुनु जरुरी छ । उहाँले भन्नुभयो  । सो कार्यक्रममा प्रहरी निरक्षक राम कुमार यादव शुभकामना मनतव्य राख्नुहुँदै समुदाय प्रहरी साझेदारी अन्तर्गत  स्थानीय तह समुदाय ,समाजिक संस्था, बिधालय बिच सहकार्य गरि कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । 


कार्यक्रममा भिडियो प्रदर्शन गरी जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो । सार्वजनिक हितको बिषमा नेपाल प्रहरीले तयार पारेको भिडियो वृतचित्र देखाइएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७६ कार्तिक १ शुक्रबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus