पारसले दिए राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा

२०७६ असोज २८ मंगलबार
दिउसो १२:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

 


सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खड्काले सो कुराको जानकारी दिएका हुन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सर्शत फुकुवा गरेको भोलिपल्ट नै पारसले यस्तो निर्णय सार्वजनिक गरेका छन् ।

 

काठमाडौँमा असोज १० र ११ गते भएको क्यानको निर्वा्चित साधारण सभाले चतुरबहादुर चन्दको अधयक्षतामा नयाँ कार्यसमितिको चयन गरेको थियो । आईसीसीकै निगरानीमा भएको निर्वाचनपछि क्यानको प्रतिबन्ध खुल्ने विश्वास गरिएको थियो ।

 

आफ्नो फेसबुक पोष्टमा पारसले निलम्बन फुकुवा भएकोमा खुसी व्यक्ति गर्दै नयाँ कार्यसमितिलाई नेपालको क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम गर्न शुभकामना दिएका छन् ।

 

पारसले ‘एउटा नयाँ शुरुवात र प्रतिबद्ध दृष्टिकोणका साथ चिजहरुलाई अगाडि बढाउने नयाँ तरिका चाहिने हुँदा मैले नेपाल क्रिकेट टीमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु’ भनेर लेखेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७६ असोज २८ मंगलबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus