• २०७६ कार्तिक ७ गते, बिहीबार



मधेशको धर्तीलाई ईज्जत बढाउन सक्दैन भने बेईज्जत गर्ने छुट पनि छैन : प्रभु साह

यदि यो धर्तीको इज्जत बढाउन सक्दैन भने बेइज्जत गर्ने छुट पनि छैन ।

न्यूज ब्यूरो, रौतहट ।  नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर -२ का अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रदेश सरकार र स्थानीय तहको काम कारवाही र शैलीबाट जनता खुसी नरहेको जीकिर गरेका छन् ।


दशै, दिपावली तथा छठ पर्वको अवसरमा सोमबार रौतहटको गुजरा नगरपालिका - ४, कनकपुरमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले प्रदेश - २ सरकार र स्थानीय तहलाई काम गर्ने शैली फेर्न सुझाए । उनले भने, - "प्रदेश र स्थानीय तहले पूर्ण रुपमा सक्रिय हुन न सके पनी जति काम भएकोछ, त्यो संतोषजनक छैन । जनताका उत्साह मर्दै गएको छ । जितेका जनप्रतिनिधिहरु आफ्ना वाचा भुल्न थालेपछी कसरी समृद्धिको यात्रा पूरा हुन सक्छ रु त्यसैले म आग्रह गर्न चाहन्छु कि जनप्रतिनिधि शासक हैन बदलावको अभियन्ता बनेर जनताको सेवामा लाग्नुपर्छ ।"


अध्यक्ष साहले थपे,  - "प्रदेशमा हेर्नुभयो भने मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्रीलगायतले हैसियत अनुसार राज्यकोषको भागबन्डा गरिरहेका छन् । स्थानीय तहमा मेयर, उपमेयर, वडाध्यक्षले बाड़ी रहेका छन । यसरी जुन राज्यको सम्पत्तिलाई निजी बनाउने  काम भइरहेको छ यो राज्यलाई लुट्ने र जनतालाई नाखुस बनाउने काम मात्र हो।"

 

प्रदेश सरकारले प्रदेशवासीको अपमान गरिरहेको जीकिर गर्दै अध्यक्ष साहले थपे, - "हिजो अपमानित थियौं र सम्मानका लागि लड्यौँ । तर प्रदेश २ सरकारले झन बदनाम गर्न तत्पर देखिन्छ । निर्वाचित जनप्रतिनिधिहरु जनताको भावनालाई बुझेर यो धर्तीको बिकास गर्न र यसको सम्मान बढाउन लाग्नुपर्दछ । यदि यो धर्तीको इज्जत बढाउन सक्दैन भने बेइज्जत गर्ने छुट पनि छैन ।"

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...