वडावासीको लागि सदैव तत्पर हुन्छु : वडाध्यक्ष यादव 

सुखिपुर नगरपालिकाका मेयर राम अवतार यादवले पनि ततकाल रु ५ हजार नगद सहयोग गरेका छन । 

२०७६ असोज २२ बुधबार
बेलुकी ५:३० बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामलोभित यादवले समाज सेवाको आफू सधैं तत्पर रहने बताएका छन् ।


सुखिपुर नगरपालिका वडा नं. ४ पोखरीयाका एक सुकुम्वासी दलित घर परिवालाई आापत परेको बेला गरेको सहयोगलाई दृष्टिगत गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।  पोखरीया निवासी ३० वर्षीय रविन्द्र रामकी २५ वर्षीया पत्नी रामसखी रामले गत सोमबारका दिन एकै पटक दुई छोराको जन्म दिएकी छिन । जन्मिएको दुई बच्चाको स्वास्थ्य अवस्था ठिक भए पनि आमाको स्वास्थ्य अवस्था ठिक नभएको अवस्थामा वडाध्यक्ष यादवले उनलाई सहयोग गरेका हुन् ।

 

सुकुम्बासी तथा गरीबीले गर्दा पत्नीको उपचार गर्न चारैतिर गुहार मागेका उनका श्रीमानले कसैले नसुनेपछि वडाध्यक्ष यादवले आफ्नो तर्फबाट आर्थिक सहयोग गरेका हुन् । यादवले ततकाल ४ हजार नगद र २ पोका ब्लडको समेत व्यस्था गरि दिएका छन । सुखिपुर नगरपालिकाका मेयर राम अवतार यादवले पनि ततकाल रु ५ हजार नगद सहयोग गरेका छन । 


त्यस रकमबाट धनगढीमाई नगरपालिका वडा नं. ९ मुसहरनीया स्थित रहेका आरके मिडसिटि हस्पिटलमा उपचार भईरहेकोमा थप  उपचारको लागी विराटनगर स्थित नोबेल होस्पिटल रेफर गरीएको अस्पताल स्रोतले जनाएको छ ।  सुखिपुर नगरपालिका भित्रका ११ वडा अध्यक्षहरु मिलि गरीब सहायता कोष निमार्ण गरेका छन । त्यस कोषबाट बच्चा र आमाको उपचारका लागी ३० हजार नगद सहयोग गरेका छन ।


सहयोग गर्दै वडाध्यक्ष यादवले भने,   _ "म आफनो तर्फबाट २० हजार अरु सहयोग गर्न सक्छु, त्यसमा पनि अपुग भए साथी भाई र विभिन्न संघ संस्थामा गई सहयोग माग्नेछु । यो बिरामीलाई बचाउनको लागी जहाँ माग्नु पर्छ जहाँ हात फैलाउनु पर्छ । त्यसको लागी म एक कदम पनि पर्नेछैन ।" 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus