सीताकी नगरीमा 'रक्त - उत्वस' कहिलेसम्म ? 

जनकपुरको सन्दर्भमा अब फेरी पनि कहिले माता सीताकी नगरीमा कहिले देख्न नपरोस -

२०७६ असोज २२ बुधबार
बिहान ०९:३० बजे
काशिन्द्र कुमार शर्मा
तस्विरमा ग्राफिक्स प्रयोग गरिएको छ । राजदेवीमा हुने बोकाबलीपछि रगत सफा गर्दै मेयर लगायतका कामदारहरु ।

आज रावणको नगरीमा सीताले वास पाएकी महसुस गर्दै होलिन् , कोही कृतिम राम बनेर कृतिम रावणनलाई जलाउँदै होलान, तर मन भित्रको रावणरुपी सोंचलाई त्याग गर्न उतिकै कठिन ठानिरहेका छन् ।

 

राजा जनकको दरबार र माता सीताकी नगरी भनेर कुनै बेला चिनिएको जनकपुर अहिले जनकपुरधाम भएपनि रावणहरुको वस्तीमा माता सीताले लज्जा महसुस गर्दै गरेकी छिन् । धार्मिक सहिष्णुता र सर्वधर्मको प्रचारावास रहेको जनकपुरधाममा प्रत्येक वर्ष हजारौं निमुखा प्राणीको बलि दिएर जनकपुरवासीले "रक्त-उत्सव" मनाउने गरिन्छ । हो, मर्यादा पुरुषोत्तम भगवान श्रीराम, जो की हिन्दु धर्मावलम्बीहरुको लागि धर्मस्तम्भ हुन । राममन्दिरसँगै रहेको राजा जनककी कुलदेवी माता राजदेवीमा हरेक वर्ष हजारौं निर्दोष पशुको बलि दिएर जनकपुरवासी रक्त उत्वस मनाउँछन् । 

 

प्रत्येक वर्ष विजयादशमीको अवसर पारेर कृतिम रावणलाई कृतिम रामले दहन गरेको देखिन्छ, उनीहरुले आफ्नो मनभित्रको रावणलाई, मनभित्रको रावणरुपी विचारलाई परास्त गर्न नसक्ने कायर हुन् । माँसाहारी भोजन आफ्नो ठाउँमा ठिक छ, तर देवी देवताको नाम भँजाएर निमुखा प्राणीको बलि दिएर रक्त उत्सव जनकपुरवासीले कहिलेसम्म मनाउने ? देशव्यापी मात्र होईनन्, विश्वव्यापी रुपमा जनकपुरधामको पहिचान धार्मिक रुपले स्थापित भएको अवस्थामा जनकपुरवासीको पहिचान पनि त्यहीसँगै जोडिएको छ । 

 

पर्यटकहरुले धार्मिकस्थल भनेर जनकपुरधाम घुम्न आएपनि दशैंको अष्टमी र नवमी तिथिको दिन राजदेवी मन्दिर अगाडी देखिने रक्त शैलावले मन फेर्ने गरेको होलान् । आज धेरै धार्मिक सँघसँस्थाहरुले बलिप्रथाको विरोध गरिरहेको छ । आफ्नो ठाउँमा विरोधकर्ता पनि कतै न कतै यस्ता कार्यमा संलग्न नहोलान भनेर भन्न सकिदैन तर, उनीहरुले उचालेको मुद्दालाई पनि कसैले नकार्न सक्ने अवस्था छैनन् । आफ्नो घरमै माँसाहारी भोजन हेतु निमुखा प्राणीलको घाँटी रेटेरै गर्छन यो आफ्नो स्वेच्छाको विषय हुन सक्छ , धार्मिक रुपले सार्वनिक आस्थाको केन्द्र मानिएको देवी देवताको मन्दिरमा हजारौं पशुको बलि दिएर धर्मप्रतिको आस्थालाई पनि ठेस पुरयाएको देखिन्छ । 

 

एउटै धर्मका व्यक्ति र संघसंस्थाहरुले आफ्नै धर्म उपर औंला उठाउनु शुभ संकेत पनि होइनन् , एउटै धर्मका व्यक्तिले धर्मकै नाममा पशुबलि दिन्छ भने त्यही धर्मका अर्का संस्थाले पशुबली र बलीप्रथा अन्त्यको माग गर्दै नारावाजी गरिरहेका छन् । यो विषय जटिल हुन सक्छ तर असम्भव हुन सक्दैन । जनकपुरधामको राजदेवी सहित अन्य शक्तिपीठहरुमा दिइने पशुपंक्षीको बलीलाई निरुत्साहित गर्न सकिन्छ । 

प्रत्येक पाँच वर्षमा लाग्ने प्रदेश नं. २ को बारा जिल्लाको गढीमाई स्थित राँगा बली (पशुबली) उपर उच्च अदालतले रोक लगाएको सुनिएको छ । भारतकै कैयौं ठाउँमा हजारौ हजारको सँख्यामा हुँदै आएको पशुवलीलाई अदालतले रोक लगाएर निर्मूल पनि पारेकै हो । यहाँ रहेको अन्धविश्वासमा परेर राजदेवी, गढीमाई जस्तो पवित्र स्थल र आस्थाको केन्द्रलाई रक्त उत्सवले अँध्यारो पारेको देखिएको छ । पशुपंक्षीको बलि दिएपछि मनोकामना पूरा गर्ने गरेको देवी देवतालाई एक पटक बलि प्रदान गरेर आइन्दा बलि नलिन आग्रह र प्रार्थना गरेर मनाउन सकिन्छ की ? 

 

पृथ्वी उपर रहेको सबै जीवजन्तु, सबै प्राणी आस्थाको हिसाबले सन्तान हुन, एउटा सन्तानलाई खुसी पार्न अर्को सन्तानको बली माग्नेले माताको दर्जा कहिल्यै पाउन सक्दैनन् । विभिन्न शक्तिपीठहरुमा माता विराजमान छिन भने बलि माग्ने को हुन ? कि आफ्नै मनोभाव र आस्थाको कारण बल जबरदस्ती बलि प्रदान जान्छौं हामी ? सन्तान प्राप्तीको लागि बलि माग्ने देवीले गरिबी हटाउनको लागि दोहारो बलि मागेर पनि गरिबी हटाउन सकिन्छ हैन र ? 

 

बकर ईदको नाममा मुस्लिम धर्मावलम्बीहरुले पनि हजारौं पशुपंक्षीको बलि दिएर रक्त उत्सव मनाउने गरेको देखिएको छ । बकर ईदको नाममा बोकालाई बलि दिनैपर्ने मान्यता लिएर रक्त उत्सव नमनाएको पनि होइनन् । सँसारको सबै जीवजन्तु र प्राणी अल्लाहका बन्दा हो भनेर भनिएको छ र निमुखा प्राणीको हत्या गरी मनाउने यस्ता उत्सवलाई अल्लाहले पनि स्वीकार गर्दैनन भनेर बुझनु पनि जरुरी छ । परापूर्वकालदेखि चलिआएको यस्तो प्रथा छन् जो की अहिले वर्तमानमा आएर कुप्रर्था जस्तो महसुस हुन थालेको छ । 

 

मनुष्यको पहिरनदेखि लिएर फैशनसम्म आधनुनिक परिवर्तन, सोंचमा समेत आधुनिकता आएको बेला पुरानो बलिप्रथालाई नयाँ रुप दिन सकेर रक्त उत्सव लाई अन्त्य गर्नु जरुरी छ । तर, अहिलेका युवाहरु भने सजग र सचेत हुँदै गएको छ । विभिन्न धर्म उपर अस्था राख्ने युवा जेनेरेशनले त्यो अपरिक्क सोंचलाई परास्त गरी नयाँ मोडतर्फ धकेल्ने प्रयासरत छन् । जनकपुरको सन्दर्भमा अब फेरी पनि कहिले माता सीताकी नगरीमा कहिले देख्न नपरोस - "रक्त-उत्सव"

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७६ असोज २२ बुधबार

Bureau Menus