भारतीय पर्यटकलाई नेपालमा कुटपिट, 'अब कहिले नेपाल आउँदैनौं'

धेरै सुनेको थिए नेपालको बारेमा, तर यसघटनापछि मुटु भाँचियो, अब हामी कहिले पनि नेपाल आउँदैनौं

२०७६ असोज २२ बुधबार
बिहान ०८:३८ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर

न्यूज ब्यूरो, भैरहवा । नेपाल घुम्न आएका भारतीय पर्यटकहरुसँग कुटपिट गरिएको घटनामा भारतीय दुतावासले दोषी उपर कारवाही गर्न सम्बन्धित निकायमा उजुरी दर्ज गराएको छ । 

 

भारतीय दुतावासको काउन्सलर स्टालिटनले भैरहवाका एसपीसँग घटनामा सँलग्न उपर कारवाही गर्न उजुरी दर्ता गराएको हो । गत सोमबार सम्झौतापछि नेपाल प्रहरीले कुटपिट गरिएका भारतीय पर्यटकलाई स सम्मान भारत सोनौली प्रहरीलाई बुझाएका थिए । यसपछि सबै यात्री लखनउ फिर्ता भएको बुझिएको छ । लखनउबाट नेपाल घुमधाम गर्न ४ जना पर्यटक आफ्नी श्रीमति र छोराछारीसँगै टेम्पो यात्राबाट सोनौलीको बाटो भएर गत आईतवार करिब ९ः३० बजेको समयमा भारतीय सीमा पार गरी नेपालको बेलहिया पुगेका थिए । 

 

कुटपिट गरिएका ती भारतीय पयर्टकहरुमा केही लखनउ आकाशवाणी र दुरदर्शन सँचारमा काम गर्ने व्यक्तिहरु समेत रहेको बताइएको छ । बेलहियामा सवारी पार्किंगको शूल्कको लागि उनीहरुसँग केही विवाद भएपछि भारतीय पयर्टकहरुलाई नेपालीहरुले लखेटी लखेटी कुटपिट गरेको बताइएको छ । कुटपिटबाट बच्न र ज्यान बचाएर पर्यटकहरुले नेपाल प्रहरीको चौकीमा लुकेपनि दर्जनौंको सँख्यामा रहेको व्यक्तिहरुले उनीहरुलाई प्रहरी कार्यालयमा पसेर समेत कुटपिट गरेको अराोप लगाइएको छ ।


सो क्रममा एक भारतीय पयर्टकको हात भाँचिएको छ , सो स्थितिलाई नियन्त्रण गर्नको लागि नेपाल प्रहरीले थप सुरक्षाकर्मीको बल मगाएर स्थिति नियन्त्रणमा लिएको थियो । उनीहरुले भारतीय पर्यटकको सवारीमा समेत तोडफोड गरेको बताइएको छ । घटनापछि केही बेर नेपाल भारतको सीमामा तनाव उत्पन्न भएको थियो । घटनापछि भैरहवाका एसपीले आफ्नो सुरक्षामा चारै जनालाई आफ्नो कार्यालय लगेको बताइएको छ । 


भारतको तर्फबाट सीओ नौतनवा राजू कुमार साव र सोनौली कोतवाल विजय राज सिंह अबेर राती करिब २ बजेसम्म एसपी कार्यालय भैरहवामा बसेका थिए । सोमबार विहानै द्धिपक्षीय वार्ता सम्झौता गराएर भैरहवा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक कमल वेलवासले लखनउको यात्रीहरुलाई भारतीय सीमामा गएर छाडेका थिए । कुटपिट गरिएका पयर्टकहरुले तत्कालै भारीय सीमामा रहेको एसएसबीलाई जानकारी गराएका थिए । यसअघि नेपाल प्रहरीले सबै जनालाई मेडिकल परीक्षण गराएको थिए जसमा कसैंमा अल्कोहल सेवनको पुष्टि हुन सकेनन् । 


भैरहवाका प्रहरी उपरीक्षक (एसपी) हेम बहादुर थापाले दुवै पक्षबाट सम्झौता भएको जनाउँदै उनीहरुलाई स सम्मान फिर्ता पठाएको बताए । सोही क्रममा  नेपाल भारत मंत्री संघका अध्यक्ष सिद्धार्थ अग्रवालले सीमामा दुवै तर्फको प्रशासनलाई पयर्टकसँग यस्तो व्यवहार गर्नेलाई कडा कारवाहीको माग गरे । घटना पश्चात लखनउका पयर्टकहरुले भने, - "धेरै सुनेको थिए नेपालको बारेमा, तर यसघटनापछि मुटु भाँचियो, अब हामी कहिले पनि नेपाल आउँदैनौं , केही रकमको लागि विवाद भएको थियो, उनीहरुलाई उमेरलाई पनि ख्याल नै नगरी कुटपिट गर्न थाल्यो । अब नेपाल आउँदिन ।" 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७६ असोज २२ बुधबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus

} }