संस्कृति जोगाउन 'मैत्रीपूर्ण झिझिया नृत्य'

झिझिया लोप हुँदै गएको अवस्थामा त्यसको संरक्षणको निम्ति क्लबले विगत ६ वर्षदेखि झिझिया कार्यक्रम आयोजन गर्दै आएको छ । 

२०७६ असोज २१ मंगलबार
बेलुकी ५:०५ बजे
बिनय यादव

न्यूज ब्यूरो, सिरहा । कला र संस्कृतिको जगेर्नाका साथै प्रवद्र्धन गर्ने हेतुले सिरहाको औरही ईटाटारमा ‘मैत्रीपूर्ण झिझिया नृत्य’ कार्यक्रम गरिएको छ ।

 

स्थानीय जनचेतना युवा क्लबले दशैंमा परम्परागत ‘लोक नृत्य झिझियाके बचाउ, अपन संस्कृतिके आगा बढाउ’ नारासहित झिझिया कार्यक्रम गरेको हो । मधेशी समुदायको पहिचानको रुपमा रहेको झिझिया लोप हुँदै गएको अवस्थामा त्यसको संरक्षणको निम्ति क्लबले विगत ६ वर्षदेखि झिझिया कार्यक्रम आयोजन गर्दै आएको छ । 

 

मधेशीको समुदायको पहिचान अन्तराष्ट्रिय जगतमा कायम होस् भन्ने उद्देश्यले पनि कार्यक्रम गरेको क्लबको भनाई छ । आयोजक समितिका एकजनाले भने, ‘हाम्रो कला र संस्कÞृति सबैभन्दा पुरानो छ, तर अहिलेका युवापुस्ता त्यसबारे बेखबार छन्, हाम्रो प्राचीन संस्कÞृतिबारे जानकारी दिन र युवालाई पनि यसको हिस्सा बनाउन हामीले यो कार्यक्रमको आयोजना गरेका हौं । यसले मधेशी समुदायको पहिचान अन्तराष्ट्रिय जगतमा पुर्याउनसमेत मद्दत गर्छ ।’

 

झिझिया कार्यक्रममा स्थानीय रामबाबु यादव, सूर्यदेव पासमान, देव विशेष, जीवछ जयशेष, राजकुमार त्यागी लगायतकाले सांस्कृतिक र धार्मिक भाकाका गीत प्रस्तुत गरेका थिए । झिझिया कार्यक्रममा उक्त गाउँबाट सहभागी सात झिझिया टोलीले आ–आफ्नो शैलीमा नृत्य देखाएर दर्शकहरुलाई मन्त्रमुग्ध बनाए ।

 

हरेक वर्ष झिझिया कार्यक्रम आयोजन गर्दै आएको यस क्लबले विगतका वर्षमा सहभागी झिझिया टिमलाई श्रेणी छुट्याएर क्रमशः पुरस्कार दिन्थ्यो । तर, यसपालि भने मैत्रीपूर्ण झिझिया नृत्य अर्थात् झिझिया कार्यक्रममा सहभागी सबै टोलीलाई समान रुपले पुरस्कृत गरेको छ । संस्कृति संरक्षणमा सबैको योगदान बराबर भएको भन्दै सबैलाई समान पुरस्कार दिइएको हो ।

 

 

झिझियाको बनावट र स्वरूपभित्र जादु, टुनामुना, बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैंटो त्यसकै नमुना हो ।

 

क्लबलाई झिझिया कार्यक्रमको लागि औरही गाउँपालिकाले सघाएको थियो । आयोजक जनचेतना युवा क्लबका अध्यक्ष लक्ष्मी प्रसाद यादवको अध्यक्षतामा भएको झिभिया कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका उपाध्यक्ष सितादेवी यादव सहभागी थिइन् भने विशिष्ट अतिथिमा वडा ४ का वडाध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

 

कार्यक्रम सञ्चालन क्लबका सचिव दिपेन्द्र यादवले गरेका थिए । झिझिया कार्यक्रममा करिब एक हजारबढी दर्शक सरिक थिए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७६ असोज २१ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus