मेयर बरबरिया 'स्वामी विवेकानंद ग्लोबल अवार्ड' बाट सम्मानित 

कमला बचाउ अभियानमा निरन्तर खटेका मेयर बरबरियालाई ग्बोबल भाईचराको लागि अवार्ड प्रदान गरिएको हो । 

२०७६ असोज २० सोमबार
बेलुकी ७:५४ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव गाँधी चर्खा मोमेन्टो र स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मानित भएका छन् । 

 

सोमबार काठमान्डौंमा आयोजित एक समारोहबीच मेयर बरबरियालाई स–सम्मान सहित अवार्ड प्रदान गरिएको हो । ईन्टरनेश्नल गाँधी पीस फाउण्डेशनद्धारा काठमान्डौंमा भएको सो कार्यक्रममा बरबरियालाई जल अभियानीको रुपमा सम्मान गरिएको हो । नेपालको लागि गाँधी पिस फाउण्डेशनका अध्यक्ष लालबहादुर राणाको अध्यक्षता एवम् रिपोर्टस क्लबका अध्यक्ष एवम् चर्चित पत्रकार ऋषी धमलाको प्रमुख आतिथ्यमा भएको सो समारोहबीच मेयर बरबरियालाई गाँधी चर्खा मोमेन्टो र स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मानीत गरिएको हो । 

 

 

पर्यावरण अभियानमा लागेको मेयर बरबरियालाई पर्यावरण एवम जल संरक्षणको लागि चालेको कदमको लागि तथा कम्युनिटी वेल्फेयर फाउण्डेशन ईण्डियाले उनलाई सम्मान गरिएको हो । संघीय नेपालको प्रदेश नं. २ धनुषा जिल्लाबाट निरन्तरता पाएको कमला बचाउ अभियानीको रुपमा समेत उनले उक्त अवार्ड पाउन सफल भएका हुन् । नगर विकासको फरक दृष्टिकोणका कारण चर्चामा आएका मेयर बरबरियाले केही दिनअघि देखि मात्र कमला बचाउ अभियानमा निरन्तर रुपमा खटदै आएका छन् । 

 

धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदी जलाधार संरक्षण अभियानमा आफ्नो अमूल्य समय दिएर सेवामा लागेको भन्दै उनलाई सम्मान गरिएको हो । कमला बचाउ अभियानमा निरन्तर खटेका मेयर बरबरियालाई ग्बोबल भाईचराको लागि अवार्ड प्रदान गरिएको हो । 

 

सोही समारोहमा कमला बचाउ अभियानका सँस्थापक अध्यक्ष एवम् पर्यावरण अभियानी विक्रम यादवलाई समेत सम्मान गरिएको हो । गाँधी पीस फाउण्डेशनको लागि पर्यावरण र जलदुत समेत रहेका यादवलाई स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मान गरिएको हो । कमला बचाउ अभियानलाई श्रीगणेश गरेर अभियानी यादवले चौतर्फी प्रशंसा बटुलेका छन् भने कमला बचाउ अभियानमा आम सर्वसाधारणहरु समेत चासो देखाउन थालेका छन् । 

 

धार्मिक रुपमले पनि पवित्र र ऐतिहासिक एवम् धरोहर मानिएको कमला नदीको जलाधारलाई संरक्षण गर्ने प्रण लिएका यादवको आगामी सोंचलाई थप उर्जा प्रदान गर्न उनलाई सम्मान गरिएको हो । यसअघि पनि यादव विभिन्न ठाउँबाट कमला बचाउ अभियानकै क्रममा सम्मानित भएका हुन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

  • २०७६ असोज २० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक

पूरा पढ्नुहोस्

Bureau Menus