• २०७६ कार्तिक ७ गते, बिहीबार



औषधी पसल सँचालक भन्छ, 'विरामीसँग ब्रासलेट खोसिएनन, उनी राजीखुसी छाडेर गए' 

कसैबाट फोन गराइदिन पसल सँचालक राउतले आग्रह गरेपनि एक रुपैयाँ पनि नदिइनक आफैं ब्रासलेट छाडेर गएको दाबी गरे ।

फाईल तस्विर

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको सिटी हस्पिटलको हाताभित्र सँचालित औषधी पसलले विरामीसँग कुनै जोर जबरदस्ती नगरेको दाबी गरेका छन् । 

 

सिटि हस्पिटलको प्राँगनमा सँचालनमा रहेको औषधी पसलले ८०० रुपैयाँ बाँकी छँदा धितोको रुपमा हातको ब्रासलेट राख्न भनेको समाचारलाई खण्डन गर्दै त्यस्तो केही पनि नगरेको दाबी गरेका छन् । शनिबार राती करिब १० बजे एक विरामीले औषधी वापतको ८०० रुपैयाँ पछि बुझाउने गरी भनेपनि औषधी पसल सँचालकले उनको गहना धितो राखे मात्र जान दिने विरामीका आफन्तले बताएका थिए । 


यस्तो थियो समाचार : जनकपुरको सिटी हस्पिटलमा ८०० को लागि विरामीको गहना खोसियो ?


धनुषाको मनिपट्टी बस्ने स्थानीय लिला देव भण्डारीको टाउकोमा गम्भिर चोट लागेको कारण उपचारको लागि सिटी हस्पिटल जनकपुरमा गएकी थिइन् । त्यहाँँबाट अस्पतालले रिफर गरेपछि जनकपुर अञ्चल अस्पतालमा गएको उनका आफन्तले जनाए । औषधीको विल १८ सय रुपैयाँ भएकोमा ८०० अपुग हुँदा पसलले सम्पर्क नम्बर मात्र छाडीदिन भनेपनि विरामीको कुरुवाले आफैं ब्रासलेट निकालेर धितोको रुपमा राखेको पसल सँचालक विजय राउतले बताए । 

 
न्यूज ब्यूरोसँग कुराकानी गर्दै पसल सँचालक विजय राउतले भने,  - "विरामीकी भाई गँगा भण्डारीसँग १८ सय रुपैयाँको बिल आएको थियो, हामीलाई तत्कालै १ हजार रुपैयाँ दिनुभयो, कारण उहाँसँग अझ पैसा थिएनन, हामीले कोहीसँग फोन गराइदिनुस वा तपाई कहाँ पुग्ने गरी केही नाम ठेगाना राखिदिए तपाई अनुकुल पछि पनि दिनुहोला, तर गँगा भण्डारीले दिएको १ हजार रुपैयाँ पनि फिर्ता लिनुभयो र हातको ब्रासलेट फुकालेर हामीलाई धितोको रुपमा दिनुभयो । अब हामीले त्यति बेला के गर्ने ? विरामीको अवस्था हेर्दा गम्भिर थियो, उनलाई रिफर गरिएकोले हामीलाई पनि हतार थियो र उहाँहलाई पनि , हामीले रकम पछि दिन भनेपनि उहाँ दिएको हजार रुपैयाँ समेत फिर्ता मागेर ब्रासलेट छाडेर जानुभयो, हामीले जबरदस्ती खोसेका होइनौ, यस्तो अफवाह फैलाउँदा उहाँको मानवता हराएको जस्तो लाग्यो ।" 


मोटरसाईकलबाट खसेकी लिलाको टाउकोमा समस्या देखिएपछि उपचारको लागि सिटी हस्पिटलमा गएको तथा औषधीको ८०० रुपैयाँ मात्र बाँकी रहँदा नाम, ठेगाना, फोन नम्बर दिएर भोली रकम पठादिनु वा कसैबाट फोन गराइदिन पसल सँचालक राउतले आग्रह गरेपनि एक रुपैयाँ पनि नदिइनक आफैं ब्रासलेट छाडेर गएको दाबी गरे ।


सिटी हस्पिटलको भित्रै सँचालित औषधी पसल अस्पतालकै मातहतमा सँचालन भएपनि ८०० को लागि विरामीको गहना खोस्नु अमानवीय कृयाकलाप भएको प्रतिक्रिया दिएपछि पसल सँचालक विजय राउतले त्यस तथ्यलाई खण्डन गर्दै त्यस्तो केही पनि नगरेको बताएका छन् । आफूखुसी ब्रासलेट छाडेर गएपनि मिडियामा उल्टै आरोप लगाएको दाबी उनले गरे । उनले भने, - "हामीलाई हजार रुपैयाँ पनि छाडेर जाँदा हुन्थयो, हामी त्यति पनि तल झरेका होइनौ, मानवता हामीमा पनि छ, उल्टै दोषारोपण गरेर उहाँलाई के फाईदा भयो हामीलाई थाहा भएन् । उहाँको ब्रासलेट सुरक्षित राखिएको छ, त्यसै पनि त्यो ब्रासलेटले हामी के गर्ने ? हाम्रो विजनेस छ, उहाँ रकम फर्काए लिन्छौं, नदिए जबरदस्ती पनि गर्ने होइन ।"


 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...