• २०७६ कार्तिक ७ गते, बिहीबार



राजदेवी मन्दिरमा श्रद्धालुको लाम

प्रसाद र खोंइछ भर्नेक्रम सम्पन्न भएपछि मन्दिर सफा गरी साँझ हुने बोकाबलिको तयारी गरिने बताइएको छ ।

न्यूज ब्यूरो, जनकपुरधाम । वडादशैं अन्तर्गत् आज महाअष्टमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौं श्रद्धालु लाईनमा खडा भएका छन् ।

 

शक्तिपिठ राजदेवी मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउनेक्रम सुरू भएको हो । पूजा व्यवस्थापक एवं महावीर युवा कमिटीका अनुसार दिउँसोसम्म प्रसाद चढाउने र महिलाले खोंइछ भर्नेछन् ।

 

प्रसाद र खोंइछ भर्नेक्रम सम्पन्न भएपछि मन्दिर सफा गरी साँझ हुने बोकाबलिको तयारी गरिने बताइएको छ । त्यस्तै, यहाँको विद्यापति चोक, रामानन्द चोक, भ्रमरपुरा चोकमा बनाइएको दुर्गा प्रतिमास्थलमा पनि रातिदेखि नै खोंइछ भर्ने महिलाहरू लाममा लागेका छन् ।

 

विद्यापति चोकको दुर्गा मन्दिरमा खोंइछ भर्ने महिलाको सबैभन्दा लामो लाम देखिएको छ । सो मन्दिरमा रातिदेखि नै खोंइछ भर्ने श्रद्धालु महिलाको भीड रहेको जनाइएको छ ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...