महाअष्टिमीकै दिन मुसलेधार बर्षा, शक्तिपीठहरुमा पूजा समस्या 

ग्रामिण भेकमा हिलैहिलो भएपछि श्रद्धालुलाई कठिनाई भएको छ । 

२०७६ असोज १९ आइतबार
बिहान ०८:१४ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । महाअष्टिमी तिथिकै दिन तराई मधेशको विभिन्न जिल्लामा मुसलेधार बर्षा हुन थालेपछि विभिन्न शक्तिपीठमा पूजाआजाको समस्या भएको छ । 


दुरदराजबाट शक्तिपीठमा पूजाआजा तथा बलि प्रदानको लागि जाने श्रद्धालुहरुलाई समस्या भएको देखिएको छ । विहानैदेखि विभिन्न शक्तिपीठहरुमा बलि प्रदान विधि कार्यक्रम महाअष्टमी तिथिको हुन्छ । बर्षाका कारण जनजीवन प्रभावित भएको छ । घरबाट बलि प्रदानको लागि निस्केका सर्वसाधारण श्रद्धालुहरु मुसलेधार बर्षाका कारण बाटोमै अलपत्र परेका छन् भने शक्तिपीठको पूजास्थलमा समेत उथलपुथल भएको देखिएको छ । 

 

शहरभन्दा पनि ग्रामिण भेकमा दुर्गाको प्रतीमा निर्माण गरीएको ठाउँमा पूजाआजाको लागि कठिनाई भएको देखिएको छ । बलिप्रदान र पूजाको लागि बनाइएको पूजा स्थलमा समेत क्षति पुगेको हो । विभिन्न गाउँहरुबाट बली प्रदानको लागि शक्तिपीठ जाने सर्वसाधारणहरुलाई समस्या भएको छ । ग्रामिण भेकमा हिलैहिलो भएपछि श्रद्धालुलाई कठिनाई भएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७६ असोज १९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus

} }