जनकपुरको सिटी हस्पिटलमा ८०० को लागि विरामीको गहना खोसियो ?

८०० रुपैया वापत केही त्यति मूल्यको समान राखेर जान भनेपछि मात्र ब्रासलेट दिएर आएको भण्डारीले बताए । 

२०७६ असोज १८ शनिबार
रति ११:०३ बजे
न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको सिटी हस्पिटलमा एक विरामीको गहना धितो राख्नु परेको बुझिएको छ । 

 

आज (शनिबार) राती करिब १० बजे एक विरामीले औषधी वापतको ८०० रुपैयाँ पछि बुझाउने गरी भनेपनि औषधी पसल सँचालकले उनको गहना धितो राखे मात्र जान दिने बताएपछि धितोको रुपमा गहना राखेर मात्र विरामी रिफर गर्न पाएका छन् । धनुषाको मनिपट्टी बस्ने स्थानीय लिला देव भण्डारीको टाउकोमा गम्भिर चोट लागेको कारण उपचारको लागि सिटी हस्पिटल जनकपुरमा गएकी थिइन् । त्यहाँँबाट अस्पतालले रिफर गरेपछि जनकपुर अञ्चल अस्पतालमा गएको उनका आफन्तले जनाए । 

 

विरामीकी भाई गँगा भण्डारीका अनुसार मोटरसाईकलबाट खसेकी लिलाको टाउकोमा समस्या देखिएपछि उपचारको लागि सिटी हस्पिटलमा गएको तथा औषधीको ८०० रुपैयाँ मात्र बाँकी रहँदा नाम, ठेगाना, फोन नम्बर दिएर भोली रकम पठाइदिने वा आफैं लिएर आउने भनेपनि उनले कुनै समान धितो राखे मात्र जान दिने अडान लिएपछि आफ्नो हातको ब्रासलेट निकालेर पसलेलाई दिएको गुनासो पोखे ।

 

उनले भने, - "साफै विश्वास नै गरेन उनीहरुले , उनीहरुमा मावनता नै मरिसक्यो जस्तो देखियो, दिदिलाई रिफर गर्दा हामीलाई अन्य ठाउँमा लैजाने हत्तार त्यतिकै थियो, एम्बुलेन्स र अन्य अस्पतालमा रुपैयाँ भन्दा पनि विरामी पुरयाउनु पहिलो कर्तव्य रहेकोमा यीनिहरुले बखेडा खडा गरेर समय पनि बर्बाद नै पारे । त्यति बेला म सँग थोरै पैसा थियो दुईटा पानीको बोत्तल र पट्टीको मात्र १८ सय रुपैयाँ बताएपनि आफूसँग बचेको तत्काल १ हजार दिएर ८०० भोली नै दिने आग्रह गरेपनि गहना नै खोसे उनीहरु ।" 

 

सिटी हस्पिटलको भित्रै सँचालित औषधी पसल अस्पतालकै मातहतमा सँचालन भएपनि ८०० को लागि विरामीको गहना खोस्नु अमानवीय कृयाकलाप भएको प्रतिक्रिया दिइएको छ । एक्सरेको २५ सय, टाँकाको १५०० रुपैयाँ र औषधीको १८ सय रुपैयाँ जोडेकोमा ८०० रुपैयाँ मात्र बाँकी हुँदा औषधी पसल सँचालकले ब्रासलेट लिएको पीडितले जनाए । ८०० रुपैया वापत केही त्यति मूल्यको समान राखेर जान भनेपछि मात्र ब्रासलेट दिएर आएको भण्डारीले बताए । 

 

यता, पसल सँचालक विजय राउतले त्यस तथ्यलाई खण्डन गर्दै त्यस्तो केही पनि नगरेको बताएका छन् । आफूखुसी ब्रासलेट छाडेर गएपनि मिडियामा उल्टै आरोप लगाएको दाबी उनले गरे । उनले भने, हामीलाई हजार रुपैयाँ पनि छाडेर जाँदा हुन्थयो, हामी त्यति पनि तल झरेका होइनौ, मानवता हामीमा पनि छ, उल्टै दोषारोपण गरेर उहाँलाई के फाईदा भयो हामीलाई थाहा भएन् । उहाँको ब्रासलेट सुरक्षित राखिएको छ, त्यसै पनि त्यो ब्रासलेटले हामी के गर्ने ? हाम्रो विजनेस छ, उहाँ रकम फर्काए लिन्छौं, नदिए जबरदस्ती पनि गर्ने होइन ।


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus