• २०७६ कार्तिक ७ गते, बिहीबार



महेन्द्रनगर 'सस्ता बजार' प्रति ग्राहकको आकर्षण बढ्दो, करोडौंको कारोबार

उक्त बजारमा पुग्ने अधिकांशले ६ महिनादेखि वर्ष दिनसम्म पुग्ने दैनिक उपभोग्य वस्तु खरिद गर्ने गरेको देखिएको छ ।

न्यूज ब्यूरो, जनकपुरधाम । दशैं मेलाका अवसरमा पहिलो पटक धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्यबजार केन्द्र महेन्द्रनगरमा सञ्चालन गरिएको सस्ता बजारमा सस्तो सामान खरिद गर्ने सर्वसधारणको आकर्षण बढ्दो देखिएको छ ।

 

महेन्द्रनगरको जैसीबाबा धर्मशाला परिसरमा सञ्चालित उक्त बजारमा पुग्ने अधिकांशले ६ महिनादेखि वर्ष दिनसम्म पुग्ने दैनिक उपभोग्य वस्तु खरिद गर्ने गरेको देखिएको छ । घटस्थापनाको दिन सुरु भएर अष्ठमीसम्म सञ्चालन हुने उक्त बजारमा बाहिर र भित्रगरी राखिएको स्टलमा सामान किन्नेको भीड लाग्ने गरेको छ ।

 

बजारबाट मुख्यतः चाउचाउ, अगरबत्ती, साबुन, सर्फ, चियापती, बिस्कुट, चिनी, कपडा, चप्पलजुत्ता र शृंगारका सामानको बिक्री बढी हुने क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनय कुमार साहले बताए । सस्ता बजारको नामले लगाइएको यस दसैं बजारका स्टलहरूको कारोबार दैनिक लाखौंमा हुने गरेको उनले बताए । दशै बजार भनिए पनि सर्वसाधारणले अस्थायी बजारलाई सस्ता बजार बुझ्छन् ।

 

धनुषाको सदरमुकाम जनकपुरमा प्रत्येक बर्ष दशैंमा लाग्दै आएको सस्तो बजार (दशैं बजार) यस बर्ष महेन्द्रनगरमा लाग्दा उपभोक्ताहरु हर्षित भएका छन् । नेपालीहरुको महान चाड विजयमादशमी, तिहार तथा छठ पर्वको लागि आवश्यक सरसामानहरु एकै ठाउँमा पाइयोस् र उपभोक्तालाई सजिलो होस् भनी उदेश्यका साथ क्षीरेश्वरनाथ वाणिज्य संघले यस बजारको आयोजना गरेको छ ।

 

नेपालको चिरपरिचित बजारमध्ये एक रहेको धनुषाको सखुवा बजारमै सस्तो बजारको आयोजना गरिएको हो ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...