• २०७६ कार्तिक ७ गते, बिहीबार



जनकपुरबाट ड्रग्ससहित तीनजना पक्राउ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामबाट प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।

 

प्रहरीले धनुषाको सबैला नगरपालिका ३ बस्ने २० वर्षीय प्रवीणकुमार यादव, १९ वर्षीय राम शर्मा र २० वर्षीय मुकेश साहलाई प्रहरीले पक्राउ गरेको हो । बुुधबार राति जनकपुरधाम उपमहानगरपालिका ४ जनक चोकबाट प्रतिवन्धित लागुऔषध नाइट्राभेट ट्याबलेट ९ पिससहित तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरी चौकी जनकपुरधामबाट खटेको प्रहरीले स १० प ८८९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...