• २०७६ कार्तिक ७ गते, बिहीबार



जनकपुरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

पक्राउ परेका पाठकलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट कटुवा पेस्ताल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

प्रहरीले महोत्तरी परिकौली बस्ने वर्ष २० का आन्नद पाठकलाई पक्राउ गरेको हो । उनलाई बिहीबार साँझ ६ बजे नलकटुवा पेस्तोल सहित जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिया स्थित मनिपालबाट प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ ।

 

पक्राउ परेका पाठकलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...