कुपोषण अन्तको लागि तीनटै तहका सरकार एक हुनुपर्छ : मूख्यमन्त्री राउत

कुपोषण अन्तका लागि आवश्यक ऐन कानून र कार्यक्रम ल्याउन प्रतिबद्ध रहेको औल्याए । 

२०७६ असोज १६ बिहीबार
बिहान ११:०७ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कुपोषण अन्तका लागि तीनै तहका सरकारलाई समन्वय गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । 


सेतो गुरास बाल विकास केन्द्रले आज (विहिबार) जनकपुरमा आयोजना गरेको कुपोषण अन्तका लागि अगामी वर्षहरुमा गरिने लगानी विषयक प्रदेश स्तरीय परामर्श बैठकलाई सम्बोधन गर्दै उनले  गरिबी र अशिक्षाका कारण कुपोषण बढदै गई रहेको हुँदा समाजिक चेतना अभिवृद्धि सहितको कार्यक्रम ल्याउन सुझाव दिए । 


राष्ट्रिय योजना आयोगलाई प्रतिवेदन बुझाउने गरि भएको परामर्श बैठकको प्रतिवेदन प्रदेश नीति आयोगलाई समेत बुझाउन आग्रह गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार तीन तहका सरकार संग सहकार्य गरेर कुपोषण अन्तका लागि आवश्यक ऐन कानून र कार्यक्रम ल्याउन प्रतिबद्ध रहेको औल्याए । 


कार्यक्रममा प्रदेश सभा सदस्य बाबुलाल साह, अशोक यादव, बेची लुंगेली सहित बाल बालिकाको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फिल्म 'राजा सल्हेश' मा जनकपुरकी पूजा ठाकुर बनिन 'चन्द्रावती' , अभिनय दमदार

  • २०७६ असोज १६ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । साउथ इण्डियन डारेक्टरले बनाएको फिल्म राजा सल्हेशमा जनकपुरकी पूजा ठाकुरको अभियन दमदार देखिएको छ ।  भोली शुक्रबारदेखि भारतको विभिन्न सिनेमा घरमा रिलिज हुन लागेको सो फिल्मको प्रिमियरमा

पूरा पढ्नुहोस्

Bureau Menus

} }