• २०७६ कार्तिक ७ गते, बिहीबार



डिभी लोटरी खुल्यो, पासपोर्ट अनिवार्य 

डिभी लोटरीको आवेदन भर्ने सुविधा मिलाइएपनि यसपाली भने पासपोर्ट (राहदानी) अनिवार्य गरिएको हो ।

न्यूज ब्यूरो, जनकपुरधाम । अमेरिका जानको लागि प्रत्येक वर्ष खोलिने अमेरी डायभर्सिटी भिसा अर्थात डिभी लोटरी आजदेखि खुल्ला गरिएको छ । 

 

सन् २०२१ को लागि आजदेखि अनलाईन आवेदन खुल्ला गरिएको हो । नेपाल लगायत विभिन्न देशबाट नागरिकले डिभी लोटरी भर्ने सुविधा उपलब्ध गराइएको छ । आजदेखि खुलेको डिभी लोटरी आउँदो नोभेम्बरको ५ तारिख मध्यान्ह १२ बजेसम्म मात्र भर्न पाउने सुविधा दिइएको हो । 


यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट पनि बनाएको हुनु पर्ने नियम बनाएको छ । पासपोर्टको म्याद र इमेल ठेगाना नभएको आवदेन स्वीकार नगर्ने भएको छ ।  आवेदन फारम भर्न कुनै शुल्क नलाग्ने दुतावासले जनाएको छ । 


डीभीको अनलाइन फारम आफैंले भर्न र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राखी नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परेरनपरेको थाहा पाउन सकिने छ । यस बर्षदेखि भारत र पाकिस्तान सहित १७ देशका नागरिकले डीभी भर्न नपाउने भएका छन् ।

 

यसअघि विभिन्न कागजातहरुको आधारमा डिभी लोटरीको आवेदन भर्ने सुविधा मिलाइएपनि यसपाली भने पासपोर्ट (राहदानी) अनिवार्य गरिएको हो । डिभि लोटरी भर्नको लागि https://www.dvlottery.state.gov लिंकबाट भर्न सकिन्छ । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...