• २०७६ कार्तिक ७ गते, बिहीबार



रहेनन ब्लोकबस्टर फिल्म 'शोले' का 'कालिया' 

लामो समयदेखि विरामी भएर बसेका खोटेलाई केही दिन अघि अस्पताल भर्ना गराइएको थियो ।

न्यूज ब्यूरो, दिल्ली । बलिवुडको इतिहासमा फिल्म शोले र त्यस फिल्मको एकएक डायलग ऐतिहासिक छ । फिल्मका किरदारहरुको छविमध्ये कालियाका अभिनग गरेका अभिनेता विजु खोटेको आज निधन भएको छ । 

 

बलिवुड सिने जगतमा शोले फिल्मको इतिहाससँगै त्यस फिल्मको प्रसिद्ध डायलग कालिया उपर पनि बनेको छ । ७८ बर्षिय खोटेको आज आफ्नै निवास मुम्बईमा निधन भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । फिल्मको इतिहासमा जय वीरू, बसंतीका साथै गब्बर, सांभा र कालियाको किरदार पनि अमर भईसकेको छ । कालियाको भूमिका निर्वाह गर्ने विजु खोटेको हार्ट अटैकका कारण मृत्यू भएको जनाइएको छ । 

 

शोले लगायत दर्जनौ फिल्ममा आफ्नो अभियन मार्फत दर्शकलाई रुचाउन सफल अभिनेता खोटेको निधनप्रति बलिवुड अभिनेताहरुले दुःख प्रकट गरेका छन् । सानो सानो सिन मार्फत बलिवुड सिने जगतलाई श्रृँगारेका अभिनेता खोटे कमेडी फिल्म अँदाज अपना अपनामा रोबर्टको किरदार असल तरिकाले निभाएका थिए । उनको फेमस डायलग गल्ती से मिस्टेक हो गई अहिले पनि चर्चामा छ । 

 

लामो समयदेखि विरामी भएर बसेका खोटेलाई केही दिन अघि अस्पताल भर्ना गराइएको थियो । ३०० बढी मराठी फिल्मा समेत र धारवाहिकहरुमा काम गरेका अभिनेता खोटेको अहिले केही बरेपछि अन्तिम सँस्कार गरिने जनाइएको छ । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...