• २०७६ कार्तिक ७ गते, बिहीबार



जनकपुरमा आजदेखि 'सस्ता बजार' सुरु 

बजारमा अन्य समयभन्दा तथा बजारभन्द सस्ता बजारमा समाग्रीहरु सस्तोमा उपलब्ध गराउँदै आएको छ । 

न्यूज ब्यूरो, जनकपुरधाम । दशै , दिपावली र छठ पर्वको अवसर पारेर प्रत्येक वर्ष जनकपुरमा लाग्ने दशै बजार अर्थात सस्ता बजार आजदेखि विधिवत रुपमा सुरु भएको छ । 

 

यसपाली सस्ता बजारलाई प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले एक कार्यक्रम बीच समुदघाटन गरी हरियो झण्डी देखाएका हुन् । उपभोक्तालाई एकै थलोबाट आवश्यक सामग्री सुपथ मुल्यमा उपलब्ध गराउने परम्पराको प्रसंशा गर्नु हुँदै मुख्यमन्त्री राउतले यस प्रकारको बजार बाह्रै महिना लगाउने तर्फ ध्यान दिनु पर्ने आश्यक्ता मुख्यमन्त्री राउतले औल्याएका थिए । 


धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कनेलको अध्यक्षता एवं जनकपुर उद्योग वाणिज्य संघको व्यवस्थापनमा आईतबार (आज) बाट शुरु भएको मेला अष्टमी तिथि सम्म रहने जनाइएको छ । उक्त दशैं बजारमा सयौं स्टलहरु राखिएको हुन्छ भने बजारमा अन्य समयभन्दा तथा बजारभन्द सस्ता बजारमा समाग्रीहरु सस्तोमा उपलब्ध गराउँदै आएको छ । 


साबुन, सर्फ, कपडा, कस्टमेटिक, रँग, अगरवति, मैनबत्ति, चाउचाउ, विस्कुट लगायत खाद्य समाग्रीहरु प्रसस्त मात्रामा स्टलहरु लगाइएको छ । प्रमुख जिल्ला अधिकारीको प्रदीप राज कणेलको अध्यक्षतामा भएको उद्घाटनसत्रमा प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष , पूर्व अध्यक्ष लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...