• २०७६ कार्तिक ७ गते, बिहीबार



धनुषाको महेन्द्रनगरमा पनि सस्ता बजार

नेपालको चिरपरिचित बजारमध्ये एक रहेको धनुषाको सखुवा बजारमै सस्तो बजारको आयोजना गरिएको हो ।

न्यूज ब्यूरो, धनुषा । जनकपुर क्षेत्रमा प्रत्येक वर्ष दसैंमा जनकपुरमा मात्र लाग्दै आएको दशैंबजार अर्थात सस्ता बजार अब महेन्द्रनगरमा पनि सुरु भएको छ । 

 

नेपालीहरुको उल्लासको पर्व मानिएको दशैको अवसरमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत रहेको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा दशैं बजारको उद्घाटन गरिएको हो । क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा पहिलो पल्ट सस्ता बजारको आइतवार उदघाटन गरी विधिवतरुपमा सुरुवात गरिएको हो । 


क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवको अध्यक्षता र पुर्व रक्षामन्त्री एवं नेपाली काँग्रेसका सांसद वालकृष्ण खाँडको प्रमुख आतिथ्यमा दसैंबजार समुदघाटन गरिएको हो । सो क्रममा नेता खाँडले भने, - "प्रदेश नं. २ को अस्थाीय राजधानीको मुख्य द्धारको रुपमा चिनाउने महेन्द्रनगरमा लगातारको वर्षाले कार्यक्रम तोकेको समय भन्दा ढिलो भएपनि सफलतापुर्वक सस्तो बजारको सुरुवात भएको छ । यो आर्थिक दृष्टिकोणले साकारात्मक छ ।" 


कार्यक्रममा अतिथीहरु नेपाली कांग्रेसको पुर्व सांसद राम हरि खतिवाडा, प्रदेश २ संसदिय दलका नेता राम सरोज यादव, पुर्व खानेपानि मन्त्री महेन्द्र यादव, क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार, उपमेयर रचना माथेमा,नेपाली काङ्ग्रेस जिल्ला उपाध्यक्ष सन्तोष यादव, कार्यपालिका सदस्य बिरेन्द्र सिंह लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । 


साथै कार्यक्रममा प्रमुख अतिथी खाँड क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा विजयादशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा लगाइएको सस्तो दशैं बजार कुनै ठाउँको विकासका निमित यो एउटा उदाहरनिय कार्य हो र अगामीदिनमा पनि यसको निरन्तरता चलि नै रहने शुभकामना दिएका थिए । 


त्यस्तै यो क्षेत्रलाई थप उद्योग, व्यापार तथा पयर्टन पर्वद्धनमा थप टेवा पु¥याउन नयाँ सोचका साथ दशैं बजार ९सस्तो बजार० लगाइएको वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवको भनाई छ । आइतवार देखि विधिवत सुरुवात भएको यो बजार ७ दिन सम्म चलिने संघका महासचिव दिपक साहले जनकारी दिए ।  सस्तो बजारमा आउँदै गरेको महान पर्वहरुको लागी आबश्यक पर्ने किराना समान, बैग, जुत्ता, कस्मेटिक, लुगा लगायत करिब ३८ भन्दा बढी स्टलहरु लगाईएको छ ।


सस्तो बजारको दिन क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघ, दारी ग्याङ्ग विशेष सहयोगी राज किशोर राउत र रकी लगायतका यूवाहरुको सहयोगमा कपडा बैंकको पनि उदघाटन गरिएको छ ।  कपडा बैंकको उदघाटन गर्दै सम्पुर्ण नगरबासीहरुमा आफनो घरमा रहेको पुरानो कपडा सफागरि स्टलमा राखिदिन र गरिब विपन्नहरुलाई स्टलबाट आफनो जिउमा लागने कपडा लान पनि संघद्धारा अनुरोध गरिएको छ ।

 

नेपालको चिरपरिचित बजारमध्ये एक रहेको धनुषाको सखुवा बजारमै सस्तो बजारको आयोजना गरिएको हो । सो कार्यक्रममा अतिथीहरुलाई ब्यापार संघ उपाध्यक्ष विनय कुमार साहले स्वागत गरेका थिए । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...