मेयर साहब, जानकी मन्दिरलाई पार्किङग र चारैतिरको सडकलाई हाइवे बनाउने ?

मन्दिरको पर्खाल र जग्गा माथि कुदृष्टि राख्ने संभावना बढेको र पश्चिम, दक्षिण को घर धनिलाई उकसाएको देखिन्छ।

२०७६ असोज १० शुक्रबार
बिहान ०८:५९ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिरको पार्कलाई तोडेर सडक बनाएको भन्दै आपत्ति जनाउँदै जनकपुरका युवाहरु सडक तताए । 

 

जनकपुरको धरोहर र हिन्दुधर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको जानकी मन्दिरको पार्कलाई तोडेर सडक बनाएको प्रति गम्भिर आपत्ति जनाउँदै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई युवा अगुवा सरोज मिश्रले खुल्ला पत्र लेखेका छन् । मेयर साहलाई उनले जानकी मन्दिरलाई पार्किङग स्थल बनाएर चारै तर्फको बाटोलाई हाइवे बनाउनु भनेर व्यँग गरेका छन् । 

 

उनले मेयर साहलाई विश्व प्रसिद्ध जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृतको लागि आवश्यक पर्ने पौराणिक सँरचनालाई भत्काएर नयाँ सँरचना बनाउन लागेको प्रति दुःख व्यक्त गर्दै त्यस्तो गरे आस्थाको केन्द्र जानकी मन्दिरको पौराणिक पहिचान मेटिने खतरा रहेको सुझाएका छन् । उनले एक खुल्ला पत्र लेख्दै भनेका छन् । 

श्रीमान मेयर साहब
जनकपुर उपमहानगर कार्यालय, जनकपुरधाम।
बिषय :- सड़क बिस्तार सम्बन्धमा।

                                                                                     उपरोक्त संबंध मा निवेदन यो छ कि जनकपुरधामको सम्पूर्ण विकास निर्माणको काम यस कार्यालय द्वारा मनोमानी ढङ्गले हुने गरेको हुँदा, आम जनताको बिरोधलाई मेयरको बिरोध गरेको मात्र बुझ्ने परम्परा एकदम गलत रहेको छ।

विकास पुरुष स्वर्गिय मकेश्वर प्रसाद सिंह ज्यूको नेतृत्वमे बिगत पंचायत कालमैं हालको जानकी मंदिर पूर्ब तर्फको फुलबारिमा बसोबास गरि रहेको नागरिकलाई अरु ठाउँमा ब्यवस्थापन गरि खाली गराए पश्चात त्यो जग्गालाई सौन्दर्यकरण को रुपमा मन्दिरको फुलबारी बनाएका थिए । त्यस बेला खाली गराउदा हृदय घातले जग्गा धनिको मृत्यु समेत भएको इतिहास छ ।
तर पनि अदूरदर्शी सोच राखी हालै आईयूडीपी परियोजना अंतर्गत जानकी मन्दिरको पूर्व पर्खाल एवं पूर्व उत्तर, दक्षिण पर्खाल भत्काएर बनाउदै गरेको सड़क जनता र जनकपरको हितका लागि नभई बिगत देखी हाल सम्म त्यस क्षेत्र वरिपरी रहेका ब्यक्तित्व्हरुको हित्का लागि मात्र रहेको हाम्रो बुझाई छ।

मंदिर वरि परिको संरचना 31 फिट भन्दा बढ़ी अग्लो न बनाउने निर्णय सायद श्रीमान लाई समेत जानकारी होला?
मन्दिरलाई विश्व सम्पदा सूचिमा लग्ने प्रयासका लागि अधिकांस प्रयास गर्ने मध्यका एक सायद श्रीमान पनि हुनुहुन्छ होला ? तर आज केहि जमातलाई खुसी पार्नका लागि तपाई द्वारा बनाईदै गरेको नाजिर मन्दिरको भविष्य माथि खतरा उत्पन्न हुने प्रष्ट देखिन्छ।

पूर्व सड़क बिस्तारका क्रममा मन्दिरको पर्खाल भतकाउने मेयर साहबले, पश्चिम र उत्तर तर्फ सड़क बिस्तार हुँदा फेरी पनि मन्दिरको पर्खाल र जग्गा माथि कुदृष्टि राख्ने संभावना बढेको र पश्चिम, दक्षिण को घर धनिलाई उकसाएको देखिन्छ।

मेरो निवेदन यो छ की त्यहाँ विकासको एकदमै खाँचो भएको हुनाले मन्दिरको सम्पूर्ण पर्खाल भत्काइ त्यस क्षेत्रका लागि आलीशान पार्किंग सहितको 52 फिट सड़क कायम गर्दा राम्रो होला। रामानन्द चौक देखी जानकी मन्दिर सम्मको सड़क लाई कम्तिमा 52 फिट गर्नु पर्ने मेरो मान्यता छ किन भने अंचल अस्पताल लाई प्रादेशिक अस्पताल बनाउने योजना पनि हाम्रा बिकास पुरुष नगर पिता ज्यूलाई थाहा होला। त्यस्तो ब्यस्त सडकलाई 52 देखी तल झारनु कुनै बिशेष कारण होला की ?

मन्दिरलाई विश्व सम्पदा सूचिमा पार्ने प्रयास नगरी गरिदै गरेको दिखावटी बिकास बाट अवकाश ली दिगो र पृथक बिकास पुरुष को रुपमा आफुलाई चिनाउने र पदीय दम्भलाई साबित गर्ने मौका न गवाई बकसियोस। श्री 5 र श्री 3 का सरकार गए पनि सामाजिक बिभेद, सांस्कृतिक बिभेद बोकेको सरकार जीवित नै रहेको पुष्टि होस।

कार्यालय को नगर प्रहरी देखी सम्पूर्ण सफाई कर्मचारी तपाईको हरेक गलत क्रियाकलापमा आदेश पालक को रुपमा बिरोध गर्नेको आवाज दबाऊंन ततपर र तैयार नै छन् र इस कार्यका लागि हाम्रो जिल्लाका प्रशासनको सहयोग पनि श्रीमानले राम्ररी पाई राख्नु भएकै छ। महंथको मनशाय पनि मन्दिरलाई कुनै पनि हालतमा विश्व सम्पदा सूचिमा न जान दिने नै छ श्रीमान को अलिकति उपस्थितिले विश्वमा जनकपुरधाम लाई चिनाउने त्यो मंदिर जनकपुरको अन्य मंदिर जस्तै आफ्नो अस्तित्व गुमाई जनकपुरको पपुरातात्विक र धार्मिक इतिहास नष्ट गर्न ठुलो सहयोग हुने छ।

श्रीमान हाम्रो आग्रह स्वीकार गरि मन्दिरको चारै तिरको सडकलाई रनवे बनाई मंदिर प्रांगण लाई पार्किंग बनाउनु हुन्छ की भनी विश्वास गरेको छू र वरिपरि को घर धनी हरुलाई 62 फिट अग्लो भवन निर्माण गर्न इस कार्यालय बाट मुआबजा समेत उपलब्ध गराउनु हुनेछ ।

धन्यवाद
जनाकपुरका पागल युवा
सरोज मिश्र मास
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमै पहिलो पटक नैना हस्पिटलमा दुरबिनबाट महिलाको अप्रेशन गर्ने

  • २०७६ असोज १० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको चर्चित डाक्टर वृजमोहन रजकको नैना हस्पिटलमा दुरबिन माध्यमबाट महिलाको अप्रेशन गर्ने भएको छ ।  जनकपुरको रामानन्दचोकस्थित रहेको नैना हस्पिटलमा हुने दुरबिन प्रविधि जनकपुरमै पहिलो

पूरा पढ्नुहोस्

Bureau Menus