जनकपुरधाम–जयनगर रेल मंसिरदेखि चल्छ : रेल विभाग

गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन ।

२०७६ असोज ९ बिहीबार
बिहान ०९:२६ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन ।

 

गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन । रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो । रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन् । 

 

महानिर्देशक मिश्रले भने, ‘रेल सेवा सुचारु गर्न कम्तीमा २ सय कर्मचारी चाहिन्छ तर कर्मचारी छैन, कर्मचारी भर्ना प्रक्रिया र रेल इन्जिन नेपाल ल्याउन केही महिना लाग्छ, तर अब ढिलो हुँदैन । मंसिरमध्यसम्म रेल चल्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोविन्द महतोले लेखेका छन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७६ असोज ९ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus

} }