• २०७६ कार्तिक ७ गते, बिहीबार



बलिवुड स्टार वरुण धवन र कृति सेनन वीरगञ्जकी एसिड पीडित मुस्कानसँग भेट्ने !

अभिनेता धवनले हिन्दी भाषामै मुस्कानको प्रसंशासहित हौसला प्रदान गर्दै निको भएपछि भेट्न आउन आग्रह गरेका छन् ।

न्यूज ब्यूरो, जनकपुरधाम । बलिवुडका चर्चित अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन वीरगंजकी एसिड पीडित मुस्कान खातुनसँग भेट्ने भएका छन् ।

 

अभिनेता धवनले बुधबार एक भिडियो संदेश जारी गर्दै एसिड पीडित मुस्कानलाई निको भएपछि भेट्न आउन आग्रह गरेका हुन् । एसिड आक्रमणको शिकार बनेर अस्पतालको शैयामा उपचाररत रहेकी मुस्कानको उनका फेवरेट बलिवुड हिरो धवनले भिडियो संदेश मार्फत् शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

 

उनले भिडियो संदेशमा भनेका छन्, ‘हेय मुस्कान, कैसी हो तुम, आज कृति ने मुझे तुम्हारी बारेमें बताया, तो मैने ये भिडियो आपके पास भेजना चाहता था, ताकी मैं आपसे टच में रहुँ ।’ उनले अगाडि भनेका छन्, ‘और गुड जब, आप बहुत स्ट्रोंग हो, बहुत जल्ट आप ठिक होने बाली हो, ठिक होते ही आप मुझसे आके मिलो ।’ अभिनेता धवनले हिन्दी भाषामै मुस्कानको प्रसंशासहित हौसला प्रदान गर्दै निको भएपछि भेट्न आउन आग्रह गरेका छन् ।

 

तीन मिनेट ३ सेकेन्डको त्यो भिडियोमा उनले थपेका छन्, ‘मुझे पता चला है की तुम्हे पढाईमें बहुत अच्छा लगता है, बि स्ट्रंग एण्ड गो टु स्टडी हार्ड, एण्ड मेक योर पेरेन्ट प्राउड, और जब आप ठिक होजाए तो प्लीज कोशिश करना की आप मुझसे आके मिलो, ढेर सारा प्यार ।’ उनले एसिड पीडित मुस्कानलाई पढाईमा राम्रो रुची रहेको भन्दै ठिक भएपछि पढाईमा ध्यान दिएर आफ्नो अभिभावकलाई गर्व महसुस गराउन सल्लाह दिँदै निको भएपछि भेटने प्रयास गर्न भनेका छन् ।

 

अभिनेता धवनले जारी गरेको भिडियो यस्तो छ

 

यसका साथै बलिवुडकी चर्चित अभिनेत्री कृति सेननले समेत मुस्कानसँग भिडियो कलमै कुरा गरेकी छन् । उनको अवस्थाप्रति दुःख व्यक्त गर्दै अभिनेत्री सेननले उनलाई चाँडै निको हुने शुभकामना दिँदै आफूसँग भेटन आग्रह समेत गरेकी छन् । 

 

एक जनाले अस्पतालमै उपचाररत मुस्कानको बेडबाटै कृतिसँग फोन मार्फत् भिडियो कलमा कुरा गर्दा मुस्कान निकै उत्साहित देखिइन् । उनी अभिनेत्री कृति सेननको फ्यान रहेको र आफू सबै फिल्म हेर्ने गरेको बताएकी छन् । अभिनेत्री सेननले उनलाई स्वास्थ्य लाभको शुभकामना समेत दिइन् ।

 

प्रेम प्रस्ताव अस्विकार गरेपछि गत भदौमा दुई युवकले वीरगञ्जको गणेशमान सिंहचोकमा मुस्कान खातुनमाथि एसिड प्रहार गरेका थिए । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुन वडा नं. २ छप्कैया निवासी रसुल अलीकी छोरी हुन् ।

 

मुस्कानको उपचारको लागि प्रदेश २ सरकारले ५ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ भने अन्य सहयोगी हातहरु समेत उनको सहयोगमा जुटेका छन् । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...