पाकिस्तान प्रशासित कश्मीरमा ठूलो भूकम्प !

भूकम्पका कारण सडक तथा भवनहरुमा नराम्रोसँग क्षति भएको छ । यसको थप विवरण आउन बाँकी छ ।

२०७६ असोज ७ मंगलबार
बेलुकी ६:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, एजेन्सी । पाकिस्तान प्रशासित कश्मीरको मिरपुर केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको छ ।  

 

मिरपुर केन्द्रविन्दु भएर दिउँसो ४ बजेर ३२ मिनेटमा ५.८ म्याग्निच्यूडको भूकम्प गएको पाकिस्तानी संचारमाध्यमले जनाएको हो । भूकम्पमा परि ५० जनाभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

भूकम्पका कारण सडक तथा भवनहरुमा नराम्रोसँग क्षति भएको छ । मिरपुर क्षेत्रको पक्की सडकहरु चिरा परेका छन् । सडकमा चलिरहेका गाडीहरु पल्टिएका छन् । १० किलोमिटर तल केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का केन्द्रविन्दुबाट १ सय ४० किलोमिटर परसम्म महसुस गरिएको थियो । 

 

त्यस्तै भूकम्पको धक्का इस्लामाबाद, लाहोरलगायतका शहरमा समेत महसुस भएको थियो । भूकम्पको धक्का भारत प्रशासित कश्मीर, हिमाञ्चल, चण्डीगढ र दिल्लीमा समेत महसुस भएको थियो । यसको थप विवरण आउन बाँकी छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७६ असोज ७ मंगलबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus