विद्यालय जागिर खाने थलो होइन, राष्ट्र निर्माण गर्ने थलो हो : शिक्षामन्त्री पोखरेल

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पठाउनुपर्नेमा जोड दिए ।

२०७६ असोज ५ आइतबार
रति १०:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रविधिक शिक्षामा जोड दिन सकेमात्र समृद्धि ल्याउन सकिने बताएका छन् ।

 

सिरहाको बरियारपट्टीस्थित जमावि प्राविधिक धार अन्तर्गत कृषि बाली विज्ञान संकायको समुद्घाटन गर्दै मन्त्री पोखरेल यस्तो बताएका हुन् । शिक्षालाई श्रमसँग, प्रविधिकलाई शिपसँग र शिपलाई उत्पादनसँग बदलिन सके मात्र समृद्ध समाजको निर्माण हुनसक्ने उनले बताए ।

 

मन्त्री पोखरेलले पशु विज्ञान, बालि विज्ञान तिर उन्मुख गराउन आजको टड्कारो आवश्यकता रहेको समेत बताए । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पठाउनुपर्नेमा जोड दिए ।

 

शिक्षालाई गुणस्तर र प्राविधिक शिक्षामा जोड दिनसके उत्पादन शक्तिमा विकास हुने बताए । उनले सरकारी शिक्षालयका शिक्षकहरु गुणस्तर शिक्षामा ध्यान नदिएको बताउँदै भने, ‘विद्यालय जागिर खाने थलो होइन, राष्ट्र निर्माण गर्ने थलो हो । राष्ट्र निर्माणमा सघाउनुस् ।’

 

कार्यक्रमको विशिष्ट अतिथि नेकपाका नेता एवं पुर्व शान्ति तथा पुननिमार्ण मन्त्री विश्वनाथ साहले शैक्षिक क्यालेन्डर अनुसार विद्यालयहरूले कार्यान्वयन गराउन सके मात्र सामुदायिक विद्यालयहरुको प्रगति हने धारणा राखे ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७६ असोज ५ आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus