• २०७६ कार्तिक ७ गते, बिहीबार



भारतले २ वर्षभित्रै अन्तरिक्षमा मानव पठाउँछ : इसरो प्रमुख

गगनयान मिसनमा झण्डै १० हजार करोड भारुको खर्च हुने बताइएको छ ।

न्यूज ब्यूरो, भारत । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख के सिवनले भारत डिसेम्बर २०२१ सम्म अन्तरिक्षमा मानव पठाउने आफ्नो लक्ष्य पूरा गर्न केन्द्रित रहेको बताएका छन् ।

 

उनले चन्द्रयान–२ ल्याण्डर विक्रमको चन्द्रमाको सतहमा ‘सफ्ट ल्याण्डिंग’ गर्ने इसरोको योजना पूरा नभए पनि ‘गगनयान’ मिसनमा भने कुनै असर नपुग्ने दावी गरेका छन् । इसरो प्रमुख सिवनले चन्द्रयान–२ को अर्बिटर (कक्ष) ले साढे सात वर्षसम्म डाटा दिने बताएका छन् ।

 

उनले भने, ‘चन्द्रमा मिसनको सबै प्रविधि ‘सफ्ट ल्याण्डिंग’ लाई छोडेर सटिक साबित भएको छ । के हो सफल होइन ?’ भारतीय प्रौद्योगिकी संस्थान (इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी(आईआईटी) को आठौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै इसरो प्रमुख सिवनले भने, ‘डिसेम्बर २०२० सम्म भारतसँग मानव अन्तरिक्ष विमानको पहिलो मानवरहित मिसन हुनेछ । हामीले दोस्रो मानवरहित मानव अन्तरिक्ष विमानको लक्ष्य जुलाई २०२१ सम्म राखेका छौँ ।’

 

‘भारतको लागि ’गगनयान’ मिशन निकै महत्त्वपूर्ण छ किनकि यसले देशको विज्ञान र प्रविधिको क्षमतालाई बढाउनेछ । यसर्थ, हामी एक नयाँ लक्ष्यमा काम गरिरहेका छौँ ।’

 

प्रधानमन्त्री नरेन्द्र मोदीले १५ अगष्ट २०१८ मा लालकिलाबाट स्वतन्त्र दिवसको अवसरमा ‘गगनयान’ मिशनको घोषणा गरेका थिए । गगनयान मिसनमा झण्डै १० हजार करोड भारुको खर्च हुने बताइएको छ ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...