• २०७६ कार्तिक ७ गते, बिहीबार



जनकपुर : कालोबजारी गर्ने ग्याँगका एक पक्राउ, ३ फरार

वृज किशोर झा, वर्ष ४० को रतन साह र वर्ष ३५ को बुधन साहलाई खोज तलाश कार्य जारी रहेको

न्यूज ब्यूरो, जनकपुरधाम । बासमति चामल देखाएर कमसल चालम विक्री गर्दै अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ कटैया चोरी स्थित केही भारतीय मुलुकका पुरुषहरु चामलको बोरा बोकी स्थानीयवासीहरुसँग कालोबजारी गरेको आरोपमा धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहारको सितामढी जिल्ला बस्ने अन्दाजी बर्ष ७० का रामदेव साह रहेको प्रहरीले जनाएको छ । साह सहित अन्य उनका सहकर्मीहरुले समेत चामलको बोरा बोकी स्थानियहरुलाई राम्रो चामल बासमती देखाई विक्री गर्ने बेला कमसल चामल दिई तौल कम गरी झुक्याई बिक्री गरिरहेको भन्ने जानकारीको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ । 


सुचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी धनुषाबाट खटि गएको टोलीले उनीहरुलाई खोज तलास गर्दै जाने क्रममा निज जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ बस्ने  स्थानीय शेखर कुमार ठाकुरको आमालाई बासमति चामल देखाई मोलतोल गरी बिक्री गर्ने बेला कमसल चामल दिई तौल कम गरी बिक्री गरिरहेको अवस्थामा देश भारत राज्य बिहार जिल्ला सीतामढी बेसौल बस्ने बर्ष ७० को रामदेव साहलाई नियन्त्रणमा लिएको जनाइएको छ । 


उनको साथबाट विक्री गर्नको लागि राखिएको चामल ३ बोरा, नमुना देखाउन राखिएको बासमति चामल,  बासमति चामल भनि बिक्री गरेको कमसल चामल १ बोरा र तौल गर्ने ढक तराजु सेमत बरामद गरी जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई कालो बजारी मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भईरहेको जनाएको छ । साथै उक्त मुद्दाका फरार प्रतिवादी त्यही बस्ने (सितामढी) ४२ को वृज किशोर झा, वर्ष ४० को रतन साह र वर्ष ३५ को बुधन साहलाई खोज तलाश कार्य जारी रहेको जनाइएको छ । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...